वीरेन्द्रनगरमा गोली चल्यो, भोलि बिहानसम्म कर्फ्यु

पोखरा न्यूज – १४ , माघ । वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गौतमचोक नजिकै आज बिहान टिपरले किचेर एक युवाको ज्यान गएको घटनाको विरोधमा स्थानीय आन्दोलित भए पछि वीरेन्द्रनगर तनावग्रस्त बनेको छ ।

आन्दोलनले उग्र रुप लिएपछि त्यहाँको प्रशासनले वीरेन्द्रनगर र आसपासमा आज साढे ६ बजे देखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लगाएको छ ।

दुर्घटना पछि स्थानीय विरोधमा उत्रदा वीरेन्द्रनगर बजार दिनभर नै बन्द भएको थियो भने प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको छ । प्रहरीको गोली प्रहारबाट ८ जना घाइते समेत भएका छन् ।

आज बिहान भएको घटनामा कालीकोट महावै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंह सवार मोटरसाइकललाई टिपरले ठक्कर दिएको थियो । ठक्करबाट सिंहको मृत्यु भएसँगै आफन्त आन्दोलनमा उत्रेका थिए ।

आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए भने बजार क्षेत्रमा तोडफोडसमेत गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button