ए डिभिजन लिग फुटबलमा सरस्वतीको पहिलो जीत

पोखरा न्यूज – १४ , माघ ।  शहीद स्मारक ए डिभिजन लिग फुटलब प्रतियोगितामा सरस्वती युवा क्लबले पहिलो जित दर्ता गराएको छ । अङ्क तालिकाको पुछारमा रहेको सरस्वती क्लबले हिमालयन शेर्पा क्लबलाई ४–३ गोलअन्तरले परारजित गर्दै जारी लिगमा पहिलो जित दर्ता गराएको हो । जितसँगै सरस्वतीले ४ अङ्क जोडेको छ । सरस्वतीले यसअघि एउटा खेलमा बराबरी गरेको थियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा सरस्वतीको जितमा विदेशी खेलाडी काजिम बुसारीले दुई गोल गरे भने विनोद केसी र मनिष थापाले एक एक गोल गरेका थिए । यता हिमालयन शेर्पाका लागि भने आशिष गुरुङ, विजय श्रेष्ठ र रवि थापाले एक एक गोल गरे ।

खेलको पाँचौैँ मिनेटमा बुसारीले गोल गर्दै सरस्वतीलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको १०औंँ मिनेटमा हिमालयन शेर्पाका आशिष गुरुङले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए । खेलको ३५औँ मिनेटमा विनोद केसीले गोल गर्दै सरस्वतीलाई २–१ को अग्रता दिलाए । खेलको ४५ औँं मिनेटमा हिमालयन शेर्पाका विजय श्रेष्ठले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

त्यस्तै खेलको ८४औँ मिनेटमा काजिम बुसारीले गोल गर्दै सरस्वतीलाई ३–२ को अग्रता दिलाए । त्यस्तै खेलको ८८औँ मिनेटमा मनिष थापाले गोल गर्दै सरस्वतीलाई ४–२ ले अघि बढाए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा हिमालयन शेर्पाका रवि थापाले गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याए । सरस्वतीका बुसारी म्यान अफ दी म्याच घोषित भए । हिमालयन शेर्पाको ७ अङ्क छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button