कपास उद्योगमा आगलागी हुँदा २० लाखको क्षति

पोखरा न्यूज – १५ , माघ । बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारमा रहेको गलकोट घुम्टे कपास उद्योगमा मङ्गलबार आगलागी भएको छ ।  आगलागी हुँदा कपास उद्योग पूर्णरूपमा क्षति भएको छ ।

विद्युत चुहिएर आगलागी भएको कपास उद्योगमा रु २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट उद्योगभित्र पार्किङ गरेर राखिएको ध१प १३२५ नम्बरको मोटरसाइकलमा समेत सामान्य क्षति पुगेको छ ।

आगलागीबाट उद्योगको कपडा पेल्ने मेशिन तथा कच्चा पदार्थमा क्षति पुगेको प्रहरी चौकी हटियाका प्रमुख प्रहरी नायब निरीक्षक अनुप केसी क्षेत्रीले जानकारी दिए  ।

आगलागी स्थानीय तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । कपास उद्योग गलकोट नगरपालिका–६ का शिव आचार्यले सञ्चालन गरेका हुन् । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button