सरस्वती पूजाका लागि मूर्ति

पोखरा न्यूज – १५ , माघ ।  भोलि १६ गते बिहीबार मनाइने सरस्वती पूजाका लागि मूर्तिकार माटोका मूर्ति बनाउन दिनरात खटिरहेका छन् ।

सरस्वती पूजामा जनकपुरसहित जिल्लाका प्राय सबै स्थानमा सरस्वती माताको माटोका मुर्तिहरु बनाउन चटारो भएको मुर्तिकार कालीगढहरुले बताउँछन् ।

मूर्तिकार कालीगढहरुले एक महिना अघिदेखि मूर्ति बनाउन शुरु गरेका अहिले विभिन्न आकारका मूर्तिहरुको अन्तिमरुप दिनमा व्यस्त छन् ।

भोलि नै पूजा भएको हुँदा मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेकोले मुर्तिकारहरु अहिले सजावट तथा रंगरोगन कार्यमा जुटेका छन् ।

तस्वीर : अजयकुमार साह, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button