चीनमा मास्कको मुल्य बढाउने फार्मेसीलाई ३० लाख जरिवाना

पोखरा न्यूज – १५ , माघ ।  चीनमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिरहँदा मास्कको मुल्य बढाउने एक औषधी पसललाई ३० लाख युआन जरिवाना तिराइने भएको छ ।

त्यहाँको बजार सुपेरिवेक्षकका अनुसार ती व्यापारीले मास्कको मुल्यमा ६ गुणासम्म वृद्धि गरेका थिए । बेइजिङको जिमिन काङ्गताई नामक फार्मेसीले १ सय ४३ युआनमा बिक्री हुने थ्रीएम ब्रान्डका मास्कको एउटा बाकसको मुल्य ८ सय ५० युआन पुर्याएको थियो ।

भाइरसले भयावह रुप लिएसँगै बेइजिङमा संक्रमणबाट बचाउने सामाग्रीको अभाव तथा मुल्यवृद्धी हुन नदिन बजार अनुगमन कडा पारिएको छ । भाइरस फैलिए पछि मात्रै कालोबजारीका ३१ घटनामा अनुसन्धान भइसकेको बताइएको छ।

यस अघि कोरोना भाइरसको केन्द्रविन्दु मानिएको वुहान सहरमा मास्कको अभाव हुन थालेको समाचार आएको थियो । भाइरसबाट हालसम्म १ सय ६० जनाको मृत्यु भइसकेको छ भने ६ हजार जना संक्रमित भएका छन् । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button