स्याङजामा नुहाउन हिँडेका एक पुरुषको कुवामा डुबेर मृत्यु

पोखरा न्यूज – १५ , माघ ।  स्याङ्जाको आँधिखोलामा नुहाउन हिँडेका एक पुरुषको कुवामा डुबेर मृत्यु भएको छ । स्याङ्जाको आँधिखोला गाउँपालिका-६ पातीखोला बस्ने ४० वर्षीय भिम चापागाईंको कुवा डुबेर मृत्यु भएको हो ।

नुहाउन भनेर हिँडेका चापागाईं लामो समयसम्म नफर्के पछि खोज्दै जाँदा कुवामा डुबेको अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि स्याङ्जा अस्पताल ल्याइए पनि अस्पतालले मृत घोषित गरेको थियो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button