बिटुडि लिटिल च्याम्पको उपाधि अदिक्षालाई

राजाराम पौडेल, पोखरा न्यूज – १५, माघ । पहिलो संस्करणको बिटुडि लिटिल च्याम्प डान्स च्याम्पिनसिपको उपाधि अदिक्षा दर्लामीले जितेकीछन् ।

बिटुडि डान्स एण्ड फिटनेस स्टुडियोले आयोजना गरेको प्रतियोगीतामा फस्टर रर्नसअप रोजिता कँडेल, सेकेन्डरर्नसअप विश्वास विक, थर्ड रर्नसअप निसा छत्याल बने ।

पोखरा उद्योग वाणिज्य संघको हलमा भएको प्रतियोगीता अन्तर्गत  स्टुडेन्ट व्याटल जुनीयरतर्फ अमृत गुरुङले उपाधि चुमे । निसा गुरुङ फस्ट रनर्सअप, डेनिल गौचन सेकेन्डरनर्सअप, सोनी गुरुङ थर्ड रर्नसअप र राजकुमार नेपाली फोर्थ रर्नसअप भए ।

यसैगरी स्टुडेन्ट व्याटल सिनियरतर्फ अर्जुन शेरचनले उपाधि चुमे । देविन गौचन फस्ट रनर्सअप, सविना परियार सेकेन्ड रनर्सअप, रोजिना पौडेल थर्ड रर्नसअप र अन्जित आले मगर फोर्थ रर्नसअप भए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button