पर्वतमा लागूऔषध कारोबारी बन्दुकसहित पक्राउ

पोखरा न्यूज – १८, माघ । पर्वतमा एक लागूऔषध कारोबारी बन्दुकसहित पक्राउ परेका छन् ।

पर्वतको मोदी गाँउपालिका-१ भुकताङ्ले झिल्लीबर्याङ घर भएका मुक्तबहादुर आलेमगर गाँजा, चरेश र बन्दुकसहित बिहीबार पक्राउ परेको प्रहरीले जनाएको छ ।

३० वर्षीय आलेमगरको साथबाट प्रहरीले कोठा भित्र बोरामा लुकाएको अवस्थामा १ किलो ३०० ग्राम गाँजा, ५० ग्राम चरेश र एउटा १२ बोरको एक-नाले बन्दुक बरामद गरेको हो ।

आलेमगर माथि लागूऔषध सम्बन्धी कसुर र हातहतियार खरखजाना सम्बन्धी एकिकृत कसुरमा मुद्धा दर्ता गरिएको प्रहरीले बताएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button