अन्नपूर्ण क्षेत्रमा अलपत्र ४ पर्यटकको सकुशल उद्धार

कमल खत्री, पोखरा न्यूज – १८, माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको माथिल्लो क्षेत्रमा तीनदिन देखि अलपत्र परेका चार जना नेपाली पर्यटकको उद्धार भएको छ । पर्यटकीय स्थल खोप्रालेकबाट नारच्याङ गाउँ झर्दै गर्दा बिहीबारदेखि हिउँ भएको क्षेत्रमा बाटो बिराएर अल्पत्र परेका सर्लाहीका अंकीत शाह, अभिषेक महतो, धनगढीका सुमन भट्ट र दोलखाका सञ्जीत लामालाई अल्पत्र परेको तीन दिनमा शनिबार बिहान मात्रै उद्धार गरिएको हो ।

खोजीको लागि गएको टोलीले अप्ठ्यारो ठाउँमा अल्पत्र परेका पर्यटकहरुलाई उद्धार गरि र्यालेखर्कको फाँटमा ल्याएपछि त्यहाँबाट हेलिकप्टर मार्फत उद्धार गरि नारच्याङ बेशिगाउँ ल्याईएको थियो । स्वास्थ्यमा समस्या देखिएका अंकीत र सुमनलाई उपचारको लागि हेलिकप्टर मार्फत नै पोखरा लागिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए।

‘‘ पोखरा पठाईएका दुबै जनाको स्वास्थ्य अवस्था खतरामुक्त छ, चारै जनालाई सकुशल उद्धार गर्न सफल भएका छौँ’’–प्रजिअ ढकालले भने । पर्यटकीय स्थल घोडेपानी हुँदै खोप्रालेक भएर नारच्याङ झर्ने क्रममा अलपत्र परेर दुई जंगलमै रात कटाएका पर्यटकहरुमा लामा र भट्ट डाक्टर र महतो र शाह इन्जिनियर पेशामा आबद्ध रहेको खुलेको छ ।

शुक्रबार साँझसम्म पनि उनीहरुको सफल उद्धार हुन नसकेपछि गृहमन्त्रालयलाई हेलिकप्टरको व्यवस्था गर्न अनुरोध गरिएको थियो । शनिवार विहान करिब ९ बजे उद्धार खोजीमा गएको टोलीले अल्पत्र पर्यटकहरुलाई भेटेको थियो । टोलीले उनीहरुलाई अप्ठ्यारो ठाउँबाट फाँटमा ल्याएपछि सिम्रीक एयरको हेलिकप्टरले दुई चरणमा गरि उनीहरुलाई बेशीगाउँमा पुर्याएको थियो ।

चार पर्यटकहरुले बाटो विराएर अल्पत्र परेपछि स्थानीय युवाहरुसंगै प्रजिअ ढकाल, प्रहरी नायब उपरिक्षक किरणजंग कुँवर र सशस्त्र प्रहरी समेतको टोली स्थलगत रुपमा उद्धार र खोजीमा जुटेका थिए । हिउँले बाटो ढाकिएको कारण बाटो विराएर जंगलतर्फ अप्ठ्यारो भुभागमा अल्पत्र परेका युवाहरुले मोवाईल फोन मार्फत आफुहरु अल्पत्र परेको जानकारी गराउँदै उद्धारको लागि अपिल गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button