‘फेदीखोला आउनु है’ गित सार्वजनिक (भिडियो सहित)

राजाराम पौडेल, पोखरा न्यूज – १९ , माघ । स्याङजाको फेदीखोला गाउँपालिका सम्बन्धि गीत सार्वजनिक भएको छ । स्थानिय तहका धार्मिक पर्यटकिय एवं पुरातात्विक क्षेत्र चिनाउने उद्धेश्यले गीत तयार पारिएको हो ।

गीत गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले एक कार्यक्रमकाबिच शनिबार विमोचन गरे । यो चिनारी गीत हो । लाल कार्की अन्जानले रचना गरेको गीतमा चर्चित लोक दोहोरी कलाकार पुरुषोत्तम न्यौपाने र जुना श्रीसले आवाज भरेका छन् ।

गीतको भिडियोमा गाउँपालिकाका रमणिय दृश्य हेर्न पाइन्छ् । भिडियोमा नवराज थापा, आश्मा कार्की, जीवन गुरुङ, निशा गुरुङ, रबिन सुनार, सुनिता पौडेल, हिक्मतजंग कार्की, प्रकृति क्षेत्रीको अभिनय हेर्न सकिन्छ ।

भिडियोको निर्देशन मनोज भावुकले गरेका हुन् । शिव भुर्तेलले छायाकंन तथा सम्पादन गरेको भिडियोमा कोरियोग्राफि माधव गुरुङ र सविन गुरुङले गरेका छन् । फेदीखोला साहित्य प्रतिष्ठान र सिद्र्धाथ बहुमुखी क्याम्पसको प्रस्तुतीमा गीत सार्वजनिक गरिएको हो ।

फेदीखोला गाउँपालिका सम्बन्धि गीतका कारण फेदीखोला गाउँपालिकाको प्रचारप्रसार भई तहाँ पुग्ने आन्तरिक तथा बाह्रय पर्यटकको संख्यामा वृद्धि गर्न सघाउने गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए । नेपाल सरकारले मनाइरहेको भिजिट नेपाल २०२० को समयमा गीत सार्वजनिक भएको भन्दै उनले खुशी व्यक्त गरे ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button