पोखरामा बन्द भएको इ-टिकेटिङ फेरि शुरु हुँदै

पोखरा न्यूज – २० , माघ । पोखरा महानगरपालिकाले यात्रुवाहक बसमा लागु गरेको इ-टिकेटिङ सिस्टम दुई महिना पनि पुरा हुन नपाउँदै कात्तिकमा बन्द भएको थियो । महानगर भित्रका बसमा यात्रुहरु नठगिउन भनेर सुरुआत गरेको इ-टिकेटिङ फेरि सुरु हुने भएको छ । स्मार्ट सहरको नारा बोकेर अघि बढि रहेको महानगरले यात्रुहरुको सुविधाको लागि भन्दै इ-टिकेटिङ त सुर गर्यो तर पर्याप्त तयारी बिना नै । त्यसैले, सुरु भएको दुई महिनामै यात्रुबाहक बसमा लागु गरेको ई-टिकेटिङ बन्द गर्नु परेको थियो ।

इ-टिकेटिङ अनुगमन समितिका अध्यक्ष तथा पोखरा महानगरपालिका १३ का अध्यक्ष दर्शन लामा यात्रुबाहक बसमा बन्द भएको इ-टिकेटिङ सिस्टम अबको साढे दुई महिना भित्रमा पुन सुरु गर्ने तयारीमा महानगर लागेको बताउँछन् । रुट तयार भई सकेपछि इ-टिकेटिङ शुरु हुने उनले सुनाए । ‘ट्यापिङ र ट्याप आउटको प्रोसेसमा गई सकेपछि भाडा पनि अनलाइन मै जोडिएर आउँछ,’ उनले भने, ‘बन्द भई सकेपछि मेयर साबले मलाई जिम्मेवारी दिनु भएको थियो । बीचमा थोरै समस्या आयो । गाडिको रुट अनलाइनमा कनेक्ट हुने गरि तयार गर्दै छौं । त्यसपछि इ-टिकेटिङ सुरु हुन्छ ।’

यसअघि ई-टिकटमा रुट नदेखिने भए पनि अब सुरुआत गर्दा इ-टिकटमा रुटमा देखिने उनले जानकारी दिए । रुट तयार भई सकेपछि जिपिएस अनलाइनमा जोडिने उनले बताए । जिपिएस जोडिई सकेपछि कुन रुटमा चल्ने गाडि कहाँबाट चढेको सबै देखिने उनले सुनाए ।

इ-टिकेटिङको नयाँ मापदण्डमा बिच सडकमै बस राकेर यात्रु चढाउँन पनि नपाइने उनले बताए । ‘अब बसको स्ट्यान्ड पनि घटाउँदै छौं,’ उनले भने, ‘बस स्ट्यान्ड घटाई सकेपछि बस स्ट्यान्डबाट मात्रै यात्रु चढाउने र ओराल्ने गरि मापदण्ड लागु गछौं ।’  यसरी स्ट्यान्डबाट मात्रै बस चढ्दा भाडा पनि वैज्ञानिक हुने उनको मत छ । इ-टिकेटिङ लागु हुँदा सेवाग्राही पनि नठगिने उनी बताउँछन् ।

‘सरकारले १३ रुपैयाँ भाडा दर तोकेकोमा बसवालाले २ रुपैयाँ बढी लिने गरेको छ,’ उनले भने, ‘अब यो सब अन्त्य हुन्छ, सेवाग्राहीले समस्याबाट मुक्ति पाउने छन्, बसवालाले १३ को १३ रुपैयाँ नै काट्ने भयो के ।’ अबको साढे दुई महिना भित्रमा रुट तयार हुने उनले बताए । अनलाइन रुटको लागि ड्राफ्ट तयार पारेर छलफल गर्ने उनले बताए । ‘रुट तयार भई सकेपछि इ-टिकेटिङ सिस्टम पुन शुरु हुन्छ,’ उनले भने, ‘इ-टिकेटिङ सिस्टम सेवाग्राहीको लागि पनि सहज हुने र स्मार्ट महानगरपालिका बनाउँन पनि भुमिका खेल्छ भन्ने मलाई लाग्छ ।’

पहिलो चरणमा लागु गरेर असफल भई सकेको इ-टिकेटिङ अभ्यासकै क्रममा रहेकाले केही कमजोरी रहेको उनी बताउँछन् । अपुरो तयारी बिना नै यो सिस्टम शुरु गर्दा बन्द हुन पुगेको हो कि भन्ने हाम्रो प्रश्नमा अभ्यासकै क्रममा रहेकाले केही कमजोरी रहेको उनले जिकिर गरे ।  ‘हैन, अपुरो तयारी भन्दा पनि राम्रै होला भनेर ल्यायौं,’ उनले भने, ‘प्राक्टिसको लागि न ल्याएको हो । प्राक्टिस गर्दा देखिएका इररहरुलाई, फेरि इरर नआउने गरेर ल्याउछौं ।’

पोखरा महानगरपालिकाले भदौको पहिलो सातादेखि शुरु भएको इ-टिकेटिङ सिस्टम काठमाडौंको एन क्लाउड नामक संस्थासंग सहकार्य गरेर यो सिस्टम शुरु गरेको थियो । गएको बैशाखदेखि शुरु हुने भनेपनि ४ महिना ढिलो गरि भदौमा शु रु भएको थियो । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जीसीले इ-टिकेट लिएर शुरु गरेका  थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button