पोखरा न्यूज – २२ , माघ । पर्वतमा गुडिरहेको ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ ।
बुधबार बिहान पर्वतको जलजला गाउँपालिका-७ मिलनचोकमा ट्याक्टरबाट खस्दा बाग्लुङ घर भएका अन्दाजी १९ बर्षिय उत्सव थापामगरको मृत्यु भएको हो ।
इटा लिएर मालढुङ्गाबाट बेनी जाँदै गरेको ध १ त २४२ नम्बरको ट्याक्टरबाट खसेका थापामगरलाई उपचारका लागि म्याग्दी अस्पताल लगिएको थियो । उनलाई अस्पतालमा मृत घोषित गरिएको प्रहरीले जनाएको छ ।
ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।