‘हस्पिटालिटी नेपाल’ को पोखरा अडिसन शनिबार

राजाराम पौडेल, पोखरा न्यूज – २४, माघ ।  पोखरामा हुने चौथो संस्करणको ‘हस्पिटालिटी नेपाल’ को पोखरा अडिसन माघ २५ गते शनिबार हुने भएको छ ।

यो हस्पिटालिटी क्षेत्रसँग आबद्ध रहेका युवायुवतीले भाग लिन पाउने प्रतियोगीता हो । यस अगाडी तीन संस्करणका प्रतियोगीता मार्फत खारिएको एपी इन्टरटेनमेन्टको आयोजनामा हुने प्रतियोगतिाको तयारी सुरु भएको छ । जसको लागि अहिले प्रतियोगीतामा भाग लिन चाहनेहरुको लागि आवेदन फाराम खुलेको छ ।

यो प्रतियोगीतामा देशभरका जुनसुकै ठाउँका युवायुवतीले भाग लिन पाउनेछन् । तर भाग लिन चाहने युवायुवती हस्पिटालिटी क्षेत्रसँग आबद्ध भने हुनुपर्नेछ । अडिसन पोखरा चिप्लेढुङ्गा स्थित क्लाउड नाइन रेष्ट्रोमा हुने आयोजक एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले जानकारी दिए ।

प्रतियोगीतको चौथो संस्करणलाई सरकारले मनाउन लागेको नेपाल भम्रण वर्ष २०२० लाई सघाउन पु¥याउने हेतुले सोही अनुसारको तयारी आफुहरुले गरिरहेको निर्देशक पाण्डेको भनाई छ । प्रतियोगीतामा भाग लिनेलाई विभिन्न अवसर प्रदान गरि हस्पिटालिटी क्षेत्रमा स्थापित बन्न सघाइने उनले बताए ।

प्रतियोगीताको फाइनल पोखरामा आयोजना हुने भएपनि अडिसन पोखरा बाहिर समेत हुनेछ । पोखरा सहित काठमाण्डौ, बुटवल र चितवनका कलेजमा पुगेर प्रतियोगीलाई प्रतियोगीतामा भाग लिने अवसर सृजना गरिनेछ । यसरी गरिने अडिसन मार्फत कुल ३० जना युवायुवती छनौट गरि उनीहरुलाई विभिन्न तालिम प्रदान गरी अन्तिम प्रतिस्पर्धामा उत्रिने आयोजकको तयारी छ ।  देशव्यापी आवेदन आह्वान गरेको कार्यक्रममा पोखरासँगै आसपासका अन्य जिल्लाका सहभागीहरु पनि पोखरा अडिसनमा सहभागी हुने कन्टेस्टका कार्यक्रम सँयोजक संगम रेग्मीले बताए ।

प्रतियोगिलाई हस्पिटालिटी क्षेत्रका विज्ञहरुले सहजीकरण गर्दै निखारता थप्नेछन् । वारिष्टा ट्रेनिङ, बारटेन्डर ट्रेनिङ, पब्लिक स्पिकिङ, ड्रेसिङ सेन्स, लिडरशिप तथा सेल्फ मार्केटिङ स्किल, कम्यूनिकेशन स्किल डेभलपमेन्ट, मोटिभेसन स्किल आदी तालिम प्रतियोगीका लागि हुनेछ । सहभागी प्रतियोगीहरुलाई पर्यटनसम्बन्धि जानकारी दिन पर्यटकीय गन्तब्यहरुको स्थलगत भ्रमण गराइनेछ ।

उपाधि विजेताले विदेश भम्रण गर्ने अवसर सहित नगद पुरस्कार समेत पाउनेछन् । फस्ट रर्नसअप र सेकेन्डरर्नसअपले नेपाल भम्रण वर्ष २०२० लक्षित भ्रमण प्याकेजको साथमा नगद पुरस्कार पाउने प्रबन्ध निर्देशक पाण्डेको भनाई छ । पहिलो संस्करणको हस्पिटालिटीको उपाधि रेशम कुमाल र प्रमिला गुरुङ, दोस्रो संस्करणको उपाधि कबिता पौडेल र तेस्रो संस्करणको उपाधि अनिक अधिकारीले जितेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button