दुर्गामायाको नयाँ सालैजो गीत ‘घर कहाँ हो मायालु’ सार्वजनिक (भिडियो सहित)

राजाराम पौडेल, पोखरा न्यूज – २४, माघ ।  लोक दोहोरी गीत मार्फत दर्शक श्रोतामाझ स्थापित बनिसकेकी गायिका दुर्गामाया गुरुङले नयाँ सालैजो गीत ‘घर कहाँ हो मायालु’ दर्शक श्रोतामाझ पस्केकी छन् । गीतमा आवाजमा उनलाई गणेश गुरुङले साथ दिएका छन् । गीतको लय र शब्द संकलन दुर्गामायालै नै गरेको गीतमा संगीत संयोजन डोलराज बारघरेले गरेका हुन् ।

मारुनी स्टुडियोमा रेर्कडिङ गरिएको गीतको भिडियो समेत आर्कषक बनेको छ । भिडियोमा आनन गुरुङ र विन्दु गुरुङले मुख्य अभिनय रहेको छ । करन चैसिरको छायांकन, विष्णु शर्माको सम्पादन र मनाङ गुरुङको निर्देशनमा भिडियो तयार भएको हो ।
स्याङ्गजा जिल्लाको वालिङ नगरपालिका वडा नम्बर ३ माझकोटमा जन्मिएकी दुर्गामाया पोखरामा बसेर साँगीतिक क्षेत्रमा निरन्तर सक्रिय छन् ।

२०५१ सालमा लोक दोहोरी प्रतियोगतिाको माध्यमबाट साँगीतिक क्षेत्रमा होमिएकी गुरुङले २०५३ मा रेडियो नेपालमा स्वर परिक्षा उत्तिर्ण गरिन् । सोही वर्ष स्याङजा डाँडा घुम्तिमा गीत रेर्कड गराई साँगीतिक क्षेत्रमा अगाडी बढेकी उनको यात्रा जारी नै छ ।  हालसम्म १८ वटा एल्बम, निरन्तर तिज गीत र अन्य विभिन्न खालमा गीत गरेर २५ सयको हाराहारीका गीतमा आवाज उनले भरिसकेकी छन् । लोप हुन लागेको टिपिकल गीत गाउन उनलाई मनपर्छ । ‘लोप हुन लागेको टिपिकल सोलो गीत, लोक दोहोरी र बुढापाकाले सुन्न खोज्ने गीत गाउन मनपर्छ’ उनले भनिन् ।

एकल र दोहोरी गीतको अलावा घाँटु, सोरठी, कौरा, देउडा, झोरा, कल्चरल गीत उनले गाउने गर्छिन् । महेन्द्र पुलिस क्लब, दरबार भित्र आर्मीको व्यारेक लगायतका कल्चरल सेन्टरमा समेत काम गरेर आफ्नो गायन प्रतिभालाई निखारता उनले प्रदान गरेकी छन् । पछिल्लो समय मेला, महोत्सव र कार्यक्रममा समेत व्यस्त उनी निरन्तर साँगीतिक क्षेत्रमा अगाडी बढ्ने बताउँछिन् ।

उनले गीत समेत आफै रचना गर्छिन् । पछिल्लो क्रममा टिपिकल मौलीक भाका लोप हुँदै गएकोमा उनी चिन्तित छन् । प्रतियोगीतामा भाग लिएर साँगीतिक क्षेत्रमा आगमन भएकी उनले विभिन्न पुरस्कार जितिसकेकी छन् । कार्यक्रमको शिलशिलामा जर्मन, युके, हङकङ, कोरिया, जापान, बेल्जियम, दुबई, कतार आदी ठाउँमा पुगीसकेकी गुरुङ यो क्षेत्रबाट प्राप्त गरेको उपलब्धि प्रति सन्तुष्ट छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button