दीपक मनाङेको झापड खाएका मिलन गुरुङ २ लाख धरौटीमा छुटे

पोखरा न्यूज – २४, माघ ।  गण्डकी प्रदेश सांसद दीपक मनाङेको झापड खाएका अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष मिलन गुरुङ जेलबाट छुटेका छन् । बैंकिङ कसुर अन्तर्गतको जाहेरीमा पक्राउ परेका उनलाई  उच्च अदालत पोखराले   २ लाख धरौटीमा बुझाइ तारेखमा छोड्न आदेश दिएको हो  ।

मिलनलाई फागुन १९ मा उपस्थित हुने गरि तारेखमा छाडेको उच्च अदालत पोखराका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए । गत माघ  १० गते जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको बैंकिङ कसुर अन्तर्गतको जाहेरीमा गुरुङलाई कास्की प्रहरीले नियन्त्रणमा लिई हिरासतमा राखेको  थियो ।

यसअघि पोखरामा आयोजित मुख्यमन्त्री कपको उद्घाटन समारोहमा फितलो व्यवस्थापन गरेको र खेलाडिलाई बे वास्ता गरेको अभियोगमा गण्डकी प्रदेशका सांसद दीपक मनाङेले झापड हानेका थिए । मनाङेको झापड खाएपछि मिलनले उजुरी दर्ता गराएका थिए ।

प्रहरीले सांसद मनाङेलाई ३ दिन हिरासतमा राखेको थियो । उनी साधारण तारिखमा छुटि सकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button