पोखरामा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गयो

पोखरा न्यूज -२४, माघ । पोखरामा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ । पोखरा – ३२ कोठे गाउँमा गए राति चितुवाले आक्रमणगर्दा स्थानीय ९ बर्षिया पूजा विकको मृत्यु भएको हो ।

चन्द्रज्योति आधारभूत बिद्यालय डाँडा गाउँमा कक्षा ३ मा अध्ययनरत विकलाई बिहीबार साझ साथीको घरमा साथीसँग खेलेर फर्किने क्रममा चितुवाले आक्रमणको स्थानीय नारायण प्रसाद पण्डितले पोखरा न्यूजलाई जानकारी दिए ।

बालिका घर नफर्किएपछी पुजाका अभिवावकले खोजतलास गर्ने क्रममा चितुवाले खाएर क्षेतविक्षेत भएको अवस्थामा बालिकाको शव भेटिएको पण्डितले जानकारी दिए ।

पण्डितका अनुसार साझ करिव ६ बजे घटना घटेपनि अभिवावाक्ले थाहा नपाएको र राति करिव ९ बजे बालिकाको शव घरदेखि करिव ५० / ६० हात पर भेटिएको हो ।

‘घरमा साथीकोमा खेल्दै होला भन्ने भएछ, घर नआएपछी अभिभावक लगायत सबैले  खोज्दै जाने क्रममा चितुवाले आक्रमण गरेको अवस्थामा बालिका मृत फेला परिन’, – पण्डितले भने । पूजा दीपक विक र अप्सरा विक की छोरी हुन् ।

बालिकाको घर बन नजिकै रहेको र गाउँमा यसअघि पनि चितुवा आउने गरेपनि मान्छे माथि यसरी आक्रमण होला भनेर नसोचिएको उनले बताए ।

तनहुँका विभिन्न स्थानमा चितुवाको आक्रमणबाट यसअघी ९ जना बालबालिकाले ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button