व्यवसायिक सिपको लागि पोखरामा इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्स

दीननाथ बराल, पोखरा न्यूज – २४ , माघ । व्यवसायिक सिप र ज्ञान दिने उद्धेश्यले पोखराको  पन्थीगल्लीमा रहेको इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्स संचालनमा आएको छ ।

युवा बर्गमा व्यवहारिक शिक्षामा जोड दिदै स्वरोजगार तर्फ अकर्षण गर्न पोखरामा कलेज हालै संचालनमा ल्याएको क्लेजका प्रबन्ध निर्देशक समिर थापाले बताए ।  कलेजमा केही दिन देखि पठन पाठन शुरु भएको छ । प्रारम्भिक चरणमा ७ जनाबाट पठन पाठन शुरु गरिएको कलेजमा अनुभवी दक्ष प्रशिक्षक सुनिल गुरुङ, प्रमेश गुरुङ लगायतबाट प्रशिक्षण गराइन शुरु गरिएको प्रबन्ध निर्देशक थापाले बताए ।

कलेजले नेपाल सरकारबाट बार टेण्डर, हाउस किपिङ, कुकिङ, बेटर वेट्रेस पठन पाठनको लागि अनुमति प्राप्त गरेको उनले बताए । विशेष गरी विद्यार्थी भिसामा विदेश जान चहाने विद्यार्थीहरुलाई, कक्षा १२ पास हुन नसकी रोजगारको खोजीमा रहेकाहरुको लागि समेत विशेष प्रथामिकता दिइनेछ । कम लगानी र छोटो समयमै व्यवसायीक सिप सिक्न सकिने कोर्ष पुरा गरेको खण्डमा पर्यटकीय क्षेत्र होटल तथा रेष्टुरेण्टहरुमा सहज ढंगमा रोजगारको अवसर हुने प्रबन्ध निर्देशक थापाले जनाए ।

अहिलेको राज्यको वर्तमान शिक्षा प्रणाली र बहुसंख्यक शिक्षित बेरोजगार भई शिक्षाकोे माध्यमबाट आफ्नो जिवनमा पुरै स्वाबलम्बी  बनाउन नसकेको खण्डमा आफुहरुले कलेज स्थापना गरेको थापाले जनाए । कलेजका प्रबन्ध निर्देशक थापा सहित ९ जनाको संयुक्त लगानीमा कलेज स्थापना भएको हो ।

 

 

नेपाल सरकारको प्राविधिक तथा व्यवसायिक तालिम परिषद भक्तपुरको समन्वयमा खोलिएको संस्था मार्फत अन्तराष्ट्रिय स्तरको तालिम तथा प्रशिक्षण गराउने भएको प्रबन्ध निर्देशक थापाले बताए ।

जापान सरकारले लैजाने भनेको दक्ष कामदार सम्बन्धि गुणस्तरिय प्रयोगात्मक तालिम समेत कलेजले संचालन गर्ने उनले बताए । कलेज मार्फत विद्यार्थीहरुको क्षमताको आधारमा अष्ट्रेलिया र न्यूजिलैण्डमा इन्ट्रनशिप गर्ने व्यवस्था मिलाउने प्रबन्ध निर्देशक थापाले जनाए । कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई आफै  व्यवसाय गर्न वा भारत, मध्यपूर्व फिलिपिन्स लगायका देशमा रोजगारीको लागि पठाउने बिषयमा समेत पहल गर्ने उनले जनाए ।

कलेजले विभिन्न कोर्षमा ३ महिनाको १५ हजार देखि ६ महिने कोर्षमा एक लाख ५० हजारसम्म शुल्क लिने छ । कलेज हालै संचालनमा आएको हुँदा  केही समयको लागि कलेजले नयाँ विद्यार्थीहरुको भर्नाको लागि विशेष छुट २५ प्रतिशत सम्म छुटको व्यवस्था गरेको थापाले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button