पोखरा आउदै गरेको कार तनहुँमा दुर्घटना हुँदा ६ घाइते

पोखरा न्यूज – २५ , माघ ।   तनहुँमा गए राति शुक्रबार कार दुर्घटनामा भएको छन् । पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवामा कार दुर्घटना  हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

कावासोतीबाट पोखरातर्फ आउँदै गरेको बा १३ च ८४८१ नं को कार अनियन्त्रित भई सडकबाट पल्टिदा दुर्घटना भएको  थियो । घाइते सबैको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार पश्चात् डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button