सहारा एकेडेमीलाई १ लाख ४० हजार सहयोग

दीननाथ बराल, पोखरा न्यूज – २५ , माघ । पोखराको सहारा एकेडेमीको अक्षयकोषमा विभिन्न देशबाट सहयोग आउने क्रम जारी रहेको छ । वेलायत (युके) , वेल्जियम र हङकङबाट आएका क्लबका शुभेच्छुकहरुले शनिबार पोखरा-१७ दोभिल्लामा रहेको सहारा एकेडेमी अवलोकन गर्दै विभिन्न देशबाट आएका उनीहरुले सहारा क्लबलाई १ लाख २० हजार रुपैया अक्षयकोषको लागि सहयोग रकम हस्तान्तरण गरेका हुन्।

टोलीले थप २० हजार रुपैया भने सहारा एकेडेमीका बालकहरुको लागि खाजा खर्च समेत प्रदान गरेको क्लबले जनाएको छ । तमु धिं युकेका उपाध्यक्ष एवं रामबजार सोसाइटी युकेका पूर्व अध्यक्ष जुमकाजी गुरुङ/कमला गुरुङले सहारा क्लबले स्थापना गरेको अक्षयकोषमा नगद ५० हजार रुपैया आर्थिक सहयोग गरेकाछन्।

सहारा एकेडेमीका बालकहरुको खाजा खर्च वापत थप १० हजार रुपैया समेत गुरुङ परिवारले सहयोग गरेको हो । तमु समाज वेल्जियमका संस्थापक अध्यक्ष मिन गुरुङ/शर्मिला गुरुङबाट सहारा एकेडेमीको अयक्षकोषमा ५० हजार रुपैया आर्थिक सहयोग प्रदान गरेका छन्। सहारा हङकङका आजिवन सदस्य संतोष मल्लले अक्षयकोषमा १० हजार रुपैया सहयोग प्रदान गरेका हुन्। हङकङ नेपाली युवा समुहबाट अक्षयकोषमा १० हजार रुपैया सहयोग प्राप्त भएको छ ।

सहारा क्लव युकेका सल्लाहकार हरिकुमार श्रेष्ठ/सरिता श्रेष्ठले एकेडेमीका बालकहरुको खाजा खर्च वापत १० हजार रुपैया सहयोग गरेकाछन्। रकम क्लबका अध्यक्ष केशव बहादुर थापालाई एकेडेमीमा शनिबार नै हस्तान्तरण गरिएको हो ।

तमु समाज वेल्जियमका संस्थापक अध्यक्ष मिन गुरुङ, सहारा क्लब युकेका सल्लाहकार हरिकुमार श्रेष्ठ, पूर्व खेलाडी प्रसाद गुरुङ सहितका व्यक्तिहरुको करिब ४ दशक पछि भेटघाट भएको सुर्दशन रञ्जितले बताए । सहारा एकेडेमीमा हाल १२ जिल्लाका २४ जना बालकहरु रहेको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले बताए ।

यसैबिच आउँदो फागुनको तेस्रो सातादेखि आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता पोखरामा हुने भएको छ ।  प्रतियोगिताबाट बचत हुन आउने रकम क्लबले सहारा फुटबल एकेडेमीमा खर्चिदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button