पोखरा आउँदै गरेको बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

पोखरा न्यूज – २६ , माघ । मुस्ताङबाट पोखरा आउँदै गरेको बसको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।

आइतबार दिउँसो मुस्ताङबाट पोखरा आउँदै गरेको ग १ ख ७००३ नम्बरको बसले पर्वत जिल्लाको कुश्मा नगरपालिका-६ शिवालयचोकमा एक पुरुषलाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोदी गाँउपालिका-४ लेसपार्क घर भएका ३१ वर्षीय दिलबहादुर पुनको मृत्यु भएको प्रहरी जनाएको छ । पुनलाई उपचारका लागि जिल्ला अस्पताल पर्वत लगिएकोमा उनलाई अस्पतालले मृत घोषित गरेको थियो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button