पोखरामा नाटक ‘यो कस्तो महाभारत’ मञ्चन हुने

राजाराम पौडेल, पोखरा न्यूज – २७ , माघ । पोखरामा आगामी फागुन महिनामा नाटक ‘यो कस्तो महाभारत’ मञ्चन हुने भएको छ । पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन गरिने यो नाटक पोखरा ग्रैहापाटनमा रहेको गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ । नाटक मञ्चनको लागि यतिबेला रिर्हसल भइरहेको छ ।

दिपक पराजुलीले लेखेको नाटकलाई पंच सुब्बा गुरुङले परिकल्पना तथा निर्देशन गर्दैछन् । गुरुङको यो डेब्यु निर्देशन हो । उनीसँग यस अगाडी सह–निर्देशन र कलाकार भएर काम गरेको अनुभव छ ।

नाटकमा निश्चल विमल, रोशन ज्ञवाली, रमेश बाबु तिमिल्सेना, राजेन्द्र अधिकारी, सरोज तिवारी, सुमन तिमिल्सिना, उज्वल राज ढकाल,देवेन्द्र चोचाङगी मगर, एम.डि. काफ्ले, अन्जन रोका, प्रतिक घिमिरे र धनकाजी श्रेष्ठको अभिनय हेर्न पाइनेछ ।

झण्डै एकघण्टाको यस नाटकलाई उत्कृष्ट बनाउने प्रयासमा निर्देशक र कलाकार यतिबेला जुटिरहेका छन् । पोखरा थिएटरले यो नाटक स्थापनाको दोस्रो वर्ष पुरा गरि तेस्रो वर्ष प्रवेशको अवसरमा मञ्चन गर्न लागेको हो ।

पोखरा थिएटर विक्रम सम्वत २०७४ साल फागुन २ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आएको थियो । यहाँ हालसम्म झण्डै ६० वटा नाटक मञ्चन भइसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button