यसरी गरियो पोखराको सेतीनदीमा खसेका युवाको उद्धार (तस्वीरसहित )

दीननाथ बराल, पोखरा न्यूज – २७ , माघ । पोखरा रंगशाला नजिकैको सेतीनदी खोँचमा खसेका एक युवकको सकुशल उद्धार
गरिएको छ ।

केही दिन अघि कुकुर सेतीनदी खोँचमा परेका कारण आज विहान कुकुरको उद्धारको लागि पानीको वोतल लिएर सेतीनदीको किनारामा कुकुरको आवाज सुन्दै हिड्ने क्रममा एकाएक चिप्लेर खोचमा परी केही बेर वेपत्ता भएका करिब ३० बर्षीय आकास गुरुङको प्रहरीको रेस्क्यू टोलीले सकुशल उद्धार गरेको हो ।

रेस्क्यू प्रहरीको टोलीले उद्धारमा खटिएको करिब एक घण्टामै गुरुङ र उनको कुकुरको सकुशल उद्धार गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डि.एस.पी. यादव ढकालले बताए । सेतीनदीको खोंचमा झर्न पुगेका गुरुङको उद्धार पछि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा सामान्य उपचार पश्चात आफन्तलाई बुझाइएको उनले जनाए । उनको शरीरमा लछारेको सामान्य डाम रहेको छ ।

पश्चिम क्षेत्रिय प्रहरी मुख्यालय गणको रेस्क्यू टिमले सेतीनदीको करिब ७० मिटर तलबाट डोरीको सहायताले गुरुङलाई उद्धार गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरिक्षक विजय भण्डारीले बताए । उनले भने “ समयमै हामीले सुचना पाउन सफल भयौं, उद्धारमा खटिदा भाग्य बस आकास सेतीनदीको पानीको सतह भन्दा केही मिटर माथि केही खाली भागमा पर्नु भएछ र कराउनु भयो, त्यसले गर्दा उद्धार गर्न सहज भयो । ”

गुरुङले बिहान पानीको वोतल लिएर कुकुरको खोजी गर्न हिडे पनि उनी खसेको माथिको भागमा पानीको वोतल देखेर स्थानियले मानिस खसेको हुन सक्ने आशंकामा केही समय तलबाट आवाज आउछ कि भन्दै कोही छ तल भन्दै गरे पछि तलबाट आवाज आएसंगै प्रहरीलाई खबर गरेका थिए ।

म्याग्दी घर भएका गुरुङ भूपू. ग्यारेजमा काम गर्दै आएका छन्। आफु ठुलो कालबाट बच्न सफल भएकोमा उद्धार टोली प्रति आभार व्यक्त गरेका छन्। यस अघि पनि पोखराको सेतीनदी खोँचमा परी केही व्यक्तिहरुको उद्धार गरिएको छ भने केही अझै गुमनाम छन्।

तस्वीर सौजन्य : गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरा

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button