पोखरामा दुई टुक्रा पारेर फालेको अवस्थामा महिलाको शव फेला

पोखरा न्यूज – २७ माघ। पोखरा – १३ आर्बामा क्षत विक्षत अवस्थामा एक महिलाको शव फेला परेको छ  ।

आर्बा साझा बस्ति नजिकैको जंगलमा सोमबार साझ अन्दाजी ४०  बर्षिया महिलाको शव २ टुक्रा पारेर फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ  ।

वडा प्रहरी कार्यालय रामबजारका प्रहरी इन्स्पेक्टर प्रकाश थापाका अनुसार आधा शरीर  जमिनमा र आधा शरीर बोरामा राखेर फालिएको अवस्थामा शव फेला परेको हो ।

स्थानीयले  सामुदायिक जंगलमा दाउरा  काट्ने क्रममा दुर्गन्ध आएपछि झरेर हेर्ने क्रममा  शरीरको  खुट्टा तर्फको आधा भाग जमिनमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयवासीको खबर पश्चात दुर्घटनास्थलमा पुगेको प्रहरी टोलीले उक्त स्थानको करिब ३५ /४० मिटर तल बोरामा बाधेर फालेको अवस्थामा टाउको तर्फको आधा भाग फेला पारेको इन्स्पेक्टर थापाले पोखरा न्यूजलाई बताए

शवको प्रकृति हेर्दा करिव ४/५ दिन अगाडी घटना घटाएको हुन् सक्ने देखिएको उनले जनाए ।   शवको  पहिचान  अझै खुल्न सकेको छैन ।

शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button