पोखरामा पेक टेक्निकल एक्सपो हुने, विद्यार्थीका ४० प्रोजेक्ट प्रदर्शनी गरिने

दीननाथ बराल, पोखरा न्यूज – २८ , माघ ।  पोखरा इन्जिनियरिङ कलेजमा आउदो फागुन एक गते देखि सातौं पेक टेक्निकल एक्सपो (प्रदर्शनी) २०२० हुने भएको छ ।

हरेक वर्ष कलेजमा अन्तिम सेमेष्टर र अन्य सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुद्धारा सृजना गरिएका प्रोजेक्टहरु सार्वजनिक गर्ने उद्धेश्यले आयोजना गरिने उक्त एक्सपो यसपटक फागुन २ गतेसम्म चल्ने कलेजले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

उक्त कार्यक्रमको अवसरमा कलेजका विद्यार्थीहरुले उत्पादन गरेका करिब ४० वटा प्रोजेक्टहरु प्रदर्शनीमा राखिने भएको कलेजका रिसर्च विभाग प्रमुख सरोज गिरीले बताए । उनका अनुसार उक्त कार्यक्रममा पोखरा क्षेत्रमा रहेका आइटि कलेजहरुबीच अन्तर कलेज सफ्टवेयर प्रतियोगिता हुने भएको छ । प्रतियोगिताका विजेतालाई १० हजार र उपविजेतालाई भने नगद ५ हजार पुरस्कार प्रदान गरिने भएको छ । पोखरा क्षेत्रमा आइटि सम्बन्धि ११ वटा कलेजहरु रहेका छन् ।

भूकम्प सम्बन्धि, सामाजिक संचालको गलत ढंगले प्रयोग हुदा पर्ने प्रभाव, रोवो रेस गेम, आइटि सचेतना र गेम लगायतका कार्यक्रम एक्सपोमा आकर्षणको रुपमा रहने भएको प्रशासक गुरुङले बताए । यस कलेजमा पोखरा विश्वबिद्यालयको सम्बन्धनमा स्नातक र स्नातकोत्तर साथै सिटिइभिटिसंगको सम्बन्धनमा डिप्लोमा तहमा पढाई गराइन्छ ।

सिभिल, कम्प्यूटर इन्जिनियरिङ र आर्किटेक्चरका साथै स्नातकोत्तरमा एम.एस्सी.कनस्ट्रक्शन म्यानेजमेन्ट बिषयहरुको अध्यापन गराइने यस कलेजबाट स्नातक तहमा कबिर एक हजार एक सय जना र स्नातकोत्तर तहमा २ सय जना दक्ष इन्जिनियरहरु उत्पादन भएको प्रशासक चिजकाजी गुरुङले बताए ।

त्यसै गरी कलेजले डिप्लोमा तहमा पन्ध्र व्याचबाट ५ सय ५० जना दक्ष सब इन्जिनियरहरु उप्पादन गरेको उनले जनाए । उनका अनुसार कलेजबाट उत्पादन भएका दक्ष विद्यार्थीहरु मध्य करिब ५० प्रतिशत अष्ट्रेलिया, जापान, अमेरिका, कोरियासहितका देशमा गएका छन् भने बाकि ५० प्रतिशत नेपालकै सरकारी तथा गैर सरकारी संघ संस्थामा आवद्ध भएका छन् । कलेज इन्जिनियरिङ विषयको अध्यापन गराउने पश्चिमाञ्चलकै पहिलो निजी कलेज भएको कलेजको दाबी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button