सन्दीपले दिने भए गौतम बुद्ध रंगशालालाई ७० हजार ७ सय चौरासी !

पोखरा न्यूज – २९ , माघ । नेपालका स्टार लेग स्पीनर सन्दीप लामिछानेले गरेको पुर्व घोषणा अनुसार चितवनमा बन्दै गरेको गौतम बुद्ध रंगशालालाई ७० हजार ७ सय ८४ रुपैयाँ सहयोग उपलब्ध गराउनु पर्ने भएको छ ।

लामिछाने नेपालमा भएको अमेरिका र ओमानविरुद्धको त्रिकोणात्मक सिरिजमा आफुले लिने प्रत्येक विकेट बराबर ८ हजार ८ सय ८४ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।

सन्दीपले सिरिजमा आज अमेरिकाविरुद्ध भएको खेलमा ६ विकेट तथा अमेरिकाविरुद्धकै अघिल्लो खेलमा २ विकेट गरि जम्मा ८ विकेट लिन सफल भए । सो हिसाबले प्रति विकेट ८ हजार ८ सय ८४ दरले कुल सहयोग ७० हजार ७ सय ८४ रुपैयाँ पुगेको हो ।

प्रतियोगितामा ओमानविरुद्ध भने सन्दीपले विकेट लिन असफल रहे । सिरिजमा ओमानसँग नेपाल दुवै खेलमा पराजित भएको थियो भने अमेरिकाविरुद्ध दुवै खेलमा जीत हासिल गर्न सफल रह्यो ।

नेपालले अन्तिम खेलमा कीर्तिमानी जीत दर्ता गर्दै अमेरिकालाई ८ विकेटले हराएको थियो । अमेरिकालाई एकदिवसीय क्रिकेट कै सर्वाधिक कम योगफलमा समेट्ने क्रममा सन्दीपले दोहोरो ह्याट्रिकसहित ६ विकेट लिए ।

गौतम बुद्ध रंगशाला धुर्मुश सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्दै गरेको क्रिकेट रंगशाला हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button