पोखरा झर्यो हिमाली घोरल

पोखरा न्यूज – २९ , माघ । पोखराको बुढीबजारमा जङ्गली जनावर घोरल फेला परेको छ ।

उच्च पहाडी भुभागमा बस्ने घोरल आज पोखरा महानगरपालिका -२७ बुढीबजारस्थित जुनियर सिटिजन्स एकेडेमीको मैदानमा आइपुगेको हो । बुढीबजारमा भेटिएको घोरललाई लखेट्दै स्थानीयले विद्यालयसम्म पुर्याएका थिए ।

घोरललाई हाल कास्कीको पचभैयामा रहेको वन्यजन्तु उद्धार केन्द्रमा पुर्याइएको छ । उक्त वन्यजन्तु केन्द्रमा हाल स्याल,मृग, बार्हसिङ्गे, नीलगाई, अजिङ्गर, वनविरालो लगायतका जनावर र चराचुरुङ्गी राखिएको छ ।

फेला परेको घोरल घुम्दाघुम्दै बाटो बिराएर शहरतिर झरेको अनुमान गरिएको छ । पोखरा क्षेत्रमा व्यापक वस्तीविकास भए पनि साविक लेखनाथमा अझै पनि ठूलो भुभागमा जङ्गल बाँकी नै रहेको छ । छिमेकी तनहुँ जिल्लाबाट पनि त्यस क्षेत्रमा चितुवालगायतका जङ्गली जनावर आउने गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button