तनहुँमा लागूऔषध सहित २ युवा पक्राउ

पोखरा न्यूज – २९ , माघ । तनहुँमा लागूऔषध सहित २ युवा पक्राउ परेका छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिका-१ सत्रसयमा चेकजाँचको क्रममा दुई युवा १ सय ५६ थान लागूऔषधसहित पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा लमजुङ सुन्दरबजार नगरपालिका-०६ का २४ वर्षीय सुजन तामाङ र २० वर्षीय आइते तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले तामाङद्वयबाट ना १७ प ३३७२ नम्बरको स्कुटरसहित ५२ थान डाइजेपाम, ५१ थान नुफिन र ५३ थान फेनेरागन बरामद गरेको पनि उल्लेख गरेको छ ।

प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको पनि जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button