पोखरामा प्राविधिक सचेतना अभियान शुरु (फोटो फिचर)

पोखरा न्यूज – २९ , माघ । पोखरामा प्राविधिक जनसचेतना कार्यक्रम शुरु भएको छ । आजदेखि शुरु  भएको सचेतना अभियान ४ महिनासम्म चल्ने छ ।

पर्यटनलाई केन्द्रमा राखेर शुरु भएको सचेतना अभियान गण्डकी प्रदेश भित्रका ६ विद्यालयमा पुग्ने बताइएको छ । ‘सिपमुलक नेपाल, समृद्ध जनता’ भन्ने मुल नारा बोकेर सुरु भएको अभियान विद्यार्थीहरुको माझमा मात्र नभई विद्यार्थीका परिवारमा समेत पुग्ने छ ।

यसअघि यो अभियानको जनकपुरमा सुरुआत भई सकेको छ । अब सुदुरपश्चिमको टिकापुरमा पनि यो अभियानको रुपमा सुरुआत गरिने पोखरा प्राविधिक शिक्षालयका प्रमुख जीवन भण्डारीले जानकारी दिए ।

‘पाइलट प्रोजेक्ट’को रुपमा अघि सारिएको यो अभियान जनकपुरमा कन्स्ट्रक्सन, पोखरामा पर्यटन र टिकापुरमा कृषि सम्बन्धि सचेतनाका कार्यक्रम गरिने छ । अभियानमा विद्यार्थीहरुले सिकेका सीपहरुको प्रदर्शनी गरिएको छ ।

प्राविधिक जनसचेतना कार्यक्रम केहि तस्बिरहरु:-

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button