कोरोना भाइरस लागेका एक जना टेकु अस्पतालबाट भागे

काठमाडौं : चीनबाट डरलाग्दो तवरले फैलिरहेको कोरोना भाइरसको प्रभाव नेपालमा पनि परेको छ। अहिले विभिन्न देशबाट नेपाल आइरहेकाहरुलाई यसको संक्रमण देखिएको छ। यस्तै क्रममा कोरोना भाइरस संक्रमणको आशंकामा टेकु अस्पताल पुगेका एक बिरामी भागेका छन् । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार साउदी अरबका ती व्यक्ति चीनबाट नेपाल आएका थिए।

रुघाखोकी, तथा ज्वोरो आएपछि अस्पताल पुगेका ती व्यक्तिलाई चिकित्सकहरुको टोलीले कोरोनाको भाइरससँग मिल्दो लक्षण देखापरेपछि अस्पतालको आइसोलेसन वार्डमा बस्न भनेका थिए। कोरोना भाइरसको कारण अहिले टेकु अस्पतालमा तीन जनालाई आइसोलेसन वार्डमा राखेर उपचार गरिएको जनाइएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button