‘पोखरा म्याराथनलाई सहयोग गर्न पाउनु मेरो लागि गौरब’ : योगेश गुरुङ

पोखरा न्यूज – २९ , माघ ।  १४ औं सस्करणको पोखरा म्याराथन शुरु हुन दुई दिन मात्रै बाँकी छँदा म्याराथन सफल बनाउन देश विदेश बाट सहयोग रकम समेत जुटन थालेको छ ।

यसै क्रममा सहारा युकेका कार्य समिती सदस्य एवम सामाजिक अभियान्ता योगेश गुरुङले अभियान मार्फत जुटाएको ६ लाखको चेक भुतपूर्व खेलाडी मञ्चका अध्यक्ष तेज गुरुङलाई हस्तान्तरण गरेका छन । यो रकम म्याराथनका लागि भन्दा पनि युवा खेलाडीलाई प्रोत्साहन गर्न अक्षय कोष मार्फत खर्च गर्ने गरि संचालन हुनेछ ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै योगेशले गत वर्षको म्याराथनमा सहभागिता जनाउँदानै आफूलाई केही गरौं भन्ने सोच पलाएको बताए । रकम हस्तान्तरण गर्दै उनले भने–“६ वर्ष पहिले युकेमा च्यारिटीका लागि २७ किलोमिटर दौडेको थिँए । अनि मैले सँधै सोच्थे आफ्नै देशमा यसरी दौडन पाए अनि सहयोग गर्न पाए कस्तो हुन्थ्यो होला । आज त्यो चरितार्थ हुँदैछ ।”

कुनै बेला युकेको सेनामा कार्यरत योगशले आफू कार्यरत विभिन्न संघ संस्थाको सहयोग र पहलमा ६ लाख संकलन गरेको बताए । सहारा यूके, साउथ ईष्ट रिजनल तमु धिं युके, डायमण्ड बुद्धिष्ट सेन्टर युके, भुम्दीकोट समाज युके, १९८२ इन्टेक यूके, भुम्दी कोट समाज पोखरा, भिजिट २०१९ कैलाश पर्वत लगाएत साथी भाई र इष्टमित्रहरुको सहयोग रहेको योगेशले बताए । उनी ति संस्थाहरुमा समेत महत्वपूर्ण पदहरुमा आसिनछन ।

१६ वर्ष मुनिका युवाहरुलाई कुलत बाट जोगाउन अहम भुमिका रहेको हुनाले उचित पुरुस्कार मार्फत आर्कषण गर्न सके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने बताउँदै युवाहरुलाई खेलतर्फ आर्कषित गर्न रकमले महत्वपूर्ण भुमिका खेल्ने योगेशले बताए । “म आफू पनि १० किलोमिटर दौडमा सहभागी हुँदैछु” उनले भने–“यो दौड स्वास्थको लागि शान्ती सबैको लागि” भन्ने नारालाई अभियानका रुपमा अघि बढाउनेछु ।”

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै म्याराथन आयोजक संस्थाका अध्यक्ष तेज गुरुङले सामाजिक अभियान्ता योगशले प्रशंसनिय कार्य गरेको बताए । उनले खेल संगै समाजमा शान्ती अपरिहार्य रहेकोले शान्तीको अभियानमा युवाहरुले प्रमुख निर्वाह गर्न सक्ने बताए । अध्यक्ष गुरुङले युवाहरुलाई खेलमार्फत शान्तीको मार्गमा अग्रसर गराउन भुमिका खेल्ने बताए । कार्यक्रममा सहारा युकेका प्रमुख सल्लाहाकार महेश गुरुङ, महासचिब धनु थकाली, समाजसेवी मैना गुरुङ लगाएतको सहभागिता रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button