फ्रान्सकी फोलोरेन्स र सिन्धुपाल्चोकका राजुको प्रेम कहानी

राजाराम पौडेल, पोखरा न्यूज ।  फ्रान्सको पेरिसमा जन्मिएकी फोलोरेन्स कार्की सोल्निका सन् २००५ मा पहिलोपटक घुम्नको लागि नेपाल आएकी थिइन् । साथीसँग नेपाल आएकी उनको २० दिनको टुर थियो । त्यतिबेला उनको टुर काठमाण्डौ, धुलिखेलको लागि तय भयो । उनलाई नेपाल सपना जस्तो लाग्यो । किनभने उनलाई नेपाल र फ्रान्स खासै फरक लागेन । त्रिभुवन विमानस्थलमा उत्रिदा आफ्नै ठाउँ आएजस्तो लाग्यो । फ्रान्स जस्तै लाग्यो । नौलो लागेन ।

हुनत उनले नेपाली भाषा र कल्चर फ्रान्समा युर्निभर्सिटीमा अध्ययन गरेरै सिकिन् । नेपालको बारेमा धेरै बुझेकी थिइन् । उनलाई शुरुमा त्यति राम्रोसँग वाक्य मिलाएर नेपाली बोल्न आउने थिएन । बोल्नलाई गाह्रो भएपनि लेख्न पढ्न भने सक्थिन् । अध्ययनको क्रममा नेपाली बोल्न र आदारसत्कार गर्ने सिकिन् । ४ वर्षको युर्निभर्सिटी कोर्ष उनले गरेकी हुन् । यो कोर्ष अध्ययन गर्दा १२ जना भएपनि फुल कोर्ष गर्ने उनी मात्र थिइन् । हलिउड फिल्ममा तिब्बत तथा एशियाका देशको बारेमा हेरेर नेपाली भाषा र कल्चर सिक्ने रहर उनलाई भयो । १६ वर्ष देखिनै नेपालमा जान्छु भन्ने उनलाई हुने गथ्र्यो । अध्ययन सकेर प्लानेट फाइनान्स एनजियो मार्फत उनी नेपाल आएकी थिइन् । २० दिनको भम्रण सकेर फेरी फ्रान्स फर्किइन् ।

नेपाल घुम्ने रहर मेटिएको भने थिएन । दूई वर्ष पछि वान वे टिकट लिएर उनी नेपाल आइन् । उनकोे एनजिओमा जागिर थियो । टुरिजम क्षेत्रमा काम गर्नको लागि भनेर आएकी हुन् ।  सन् २००८ मा बसको छतमा बसेर उनी सिन्धुपाल्चोकको यात्रा गर्दै दिइन् । छतमा रमाइलो हून्छ, वरिपरिका दृश्य नियाल्न पाइन्छ भनेर उनी त्यसरी यात्रा गर्दै थिइन् । छतमा उनको सिन्धुपाल्चोकका राजु कार्कीसँग भेट भयो । राजु साहसिक पर्यटन क्षेत्रमा काम गर्थे । फरक–फरक कामको लागि यात्रा गर्दै गरेका उनीहरुबिच छतमा बोलचाल भयो । विस्तारै उनीहरुको निकटता बढ्यो ।

यात्रा सकिएपछि समेत उनीहरुको भेट हुन थाल्यो । ६ महिना यसरीनै समय बितेपछि राजुले फोलोरेन्सलाई विवाहको प्रपोज गरे । फोलोरेन्ससँग त्यतिबेला विवाह गर्ने आइडिया थिएन । योजना थिएन । सुन्दा उनलाई अचम्म लाग्यो । अचम्म लागेर जवाफ दिइनन् । राजुले उनलाई काठमाण्डौमा बस्ने ठाउँमा प्रपोज गरेका थिए । ‘विल यु म्यारी मी’ भनेर ।

फोलोरेन्सले सोधिन् ‘ह्वाई’ भनेर । अनि राजुले भने खोइ थाहा छैन, मैले मजाक गरेको । फेरी राजुले थपे जीवन जीउनका लागि चाहिन्छ । फोलोरेन्सको उत्तर आयो ‘हो हो मलाई थाहा छ म सोच्छु’ । उनले सोधीन् फ्रान्स जान पाउँछु भनेर हो ? राजुको उत्तर थियो जाने नजाने भन्दापनि माया गर्छु ।

भेटघाट बढ्दै गयो । कहिले राजु काठमाण्डौ आउने कहिले फोलोरेन्स सिन्धुपाल्चोक जाने गर्थे । फोलेरेन्सलाई सोच्नलाई ६ महिना लाग्यो । फ्रान्समा उनको पनि ट्रेडिसनल थिए । कसरी गर्ने । नेपालमा बस्ने की फ्रान्समा बस्ने । भन्ने प्रश्न मनमा आउन थाले । त्यतिबेला नेपालमा बस्ने निश्चित थिएन । खासमा फ्रान्समा विवाह ३० वर्षको उमेरमा गर्ने चलन थियो । उनी बल्ल २५ वर्षकी भएकी थिइन् । विवाहको लागि परिपक्क छैन जस्तो उनलाई लाग्थ्यो ।

यहि बिचमा फोलोरेन्सले राजुको परिवारसँग भेट गरिन् । राजुको ममीसँग, बहिनिसँग भेट्दा उनीहरुको व्यहारका कारण प्रभावित भइन् । राजुले ८ वर्ष हुँदा बाबा गुमाएका थिए । फोलोरेन्सलाई राजुको माइन्ड तेज लाग्थ्यो । राजु स्मार्ट अनि आफु भन्दा छिटो बुझ्ने खालको अनुभुति उनलाई हुन थाल्यो । उनी बल्ल विवाह गर्ने निचोडमा पुगिन् ।

सन् २०१० मा विवाह भयो । उनीहरुको विवाह काठमाण्डौमा भएको हो । पहिला दुई जना पशुपतिमा गए । पछि अभिभावकलाई बोलाएर सानो पार्टी गरे । त्यतिबेला फोलोरेन्स २५ वर्ष र राजु २७ वर्षका थिए । फोलोरेन्सकी आमालाई क्यान्सर भयो । उनीहरुको विवाह हुँदाको समयमा आमा आइसियुमा भएको कारण बाबा पनि आउन सकेनन् । फोलोरेन्स दुःखी भईन् ।

उनीहरु फ्रान्स जानुपर्यो । उनीहरु गएको केहि समय पछि फोलोरेन्सको आमाको निधन भयो । उनीहरुले फ्रान्समा दुःख गर्नुपर्यो । पेरिसमा बस्थे । एनजिओमा काम गर्न मन लागेन । के गर्ने भनेर सोच्न थाले । अब अर्काकोमा काम नगर्ने नेपालमा गएर आफ्नो सानो कम्पनी बनाएर टुरिजम क्षेत्रमा काम गर्ने निचोड उनीहरुले गरे । अनि नेपालमा फर्किए ।

फ्रान्समा धेरै अवसर छैन । धेरै पैसा चाहिन्छ । अनुभव चाहिन्छ । पुग्दैन । नेपालमा कस्तो हुन्छ थाहा थियो । फ्रान्समा गाह्रो भयो । अनि नेपालमा आयौँ । विगत सम्झदै फोलोरेन्सले भनिन् ।

उनीहरुले व्यवसाय सिन्धुपाल्चोकमा गर्ने सोच बनाए । आफ्नै ठाउँमा भएको कारण सिन्धुपाल्चोक सजिलो हुने उनीहरुको बुझाइ थियो ।तर त्यहाँ मिलेन । ६ महिनापछि पर्वतको कुश्मा  पुगे । बन्जीजम्प गर्ने व्यवसायको लागि । त्यहाँ पनि तर दूई वर्षसम्म स्विकृति मिलेन । पछि फेरी सोचाइ परिवर्तन भयो । कुश्माको मानिससँग सम्पर्क थियो । अनि पुल बनाइयो । अहिले भने पर्वतको कुश्मादेखि बाग्लुङको नारायणस्थान जोड्ने कालिगण्डकी माथी पुल निर्माण गरेर बन्जी तयार भएको छ । यो बन्जीजम्प नेपालको सबैभन्दा हाइटको बन्जीजम्प हो । यसको हाइट २ सय २८ मिटर रहेको छ । बन्जी पुलको लम्बाइ ५ सय २५ मिटर रहेको छ । बन्जीको परिकल्पना र डिजाइन फोलोरैन्सले गरेकी हुन् ।

आगामी नेपाली नयाँवर्षबाट औपचारिक रुपमा बन्जीजम्प शुरु हुनेछ । उनीहरुसँगै लगानी गर्ने अन्य सेयरहोल्डर पनि छन् । कसैले पैसा त कसैले जग्गा लगानी गरे । फरक–फरक पृष्ठभुमी भएका मुख्य १२ जना शेयरहोल्डर छन् । राजु धेरै समय त्यतै बिताउँछन् । कहिले राजु पोखरा त कहिले फोलोरेन्स पर्वत जान्छिन् । पर्वतमा उनीहरुको रिर्सोट पनि बन्दैछ ।

उनीहरुको सम्बन्धबाट छोरी नोराहको जन्म भएको छ । उनी तीन वर्षको भइन् । फोलरेन्स र राजुको मात्र नभएर दुबैको परिवारसँगको सम्बन्ध पनि राम्रो छ । छोरी मन्टेश्वरीमा पढ्न शुरु गरेकी छन् । फोलोरेन्सले नेपाली नागरिकता बनाइसकेकी छन् । उनी नेपाली राम्रो बोल्छिन् । उनीहरु पोखराको जिरो किमिमा भाडामा बस्छन् । फ्रान्सको पेरिसमा फोलोरेन्सको बाबाको फ्लाट छ ।

उनीहरुको विवाह भएको नौ वर्ष भइसक्यो । वैवाहिक जीवनको १० वर्षको एनिभर्सरी भव्य रुपमा पेरिसमा गर्ने फालोरेन्सको योजना छ । अब नयाँ उर्जा र उत्साहका साथ आफ्नो वैवाहिक जीवनलाई बिताउने योजनाका साथ उनले एनिभर्सरीमा साथी र आफन्त बोलाएर रमाइलो गर्ने योजना बनाएकी हुन् ।

उनको नेपालबाट फर्केर फ्रान्स गएर बस्ने सोच भने छैन । त्यो सम्भावना सायद नहोला भन्ने उनको बुझाई छ । जहाँ भएपनि खुशी हुनुपर्ने र नेपालमा बस्दा आफु निकै खुशी रहेको उनले बताइन् ।  नेपाल र फ्रान्सको कल्चर पनि उनलाई उस्तै–उस्तै लाग्छ । कुनै राम्रो, कुनै नराम्रो । महिलालाई र पुरुषमा भेदभाव नेपालमा र फ्रान्समा भएको उनले सुनाइन् । भेदभावको कुरा नेपाल आएपछि बढी थाहा भयो । महशुस गरे ।

कलाकार नाजिर हुसेनलाई उनले भाइ बनाएकी छन् । कलाकार नाजिरलाई उनले साथी मार्फत भेटिन् । अग्ली द किङ नाटकको मञ्चन हुँदा उनले काठमाण्डौमा थिएटरमा गएर नाटक हेरिन् । नाटक हेरेर रोइन् । एक दुई हप्तापछि नाजिरको फोन आयो । पोखरामा नाटक देखाउने भने । फोलोरेन्सको सहयोगमा नाटक पोखरामा देखाइयो । त्यो बेलाको नाजिरको संगत भाई जस्तो अनुभव भयो । फोलोरेन्सका भाइ पनि थिएनन् । अनि उनले तीहारमा भाइटिका लगाइदिइन् । फोलोरेन्सले आर्ट मार्केटमा पनि काम गरिन् । उनले राम्रो आर्ट पनि गर्छिन् । पोखरामा दि आर्ट मार्केट ३ वर्ष सम्म सञ्चालन गरिन् । आर्ट गर्न अहिले छोडे पनि आर्टलाई फरक तरिकाले गर्ने मन फोलोरेन्समा छ ।

अहिले बन्जी गर्ने ठाउँमा रिर्सोट बन्दैछ । रिर्सोटसहित सबै व्यवस्थापन फोलोरेन्सले हेर्छिन् । श्रीमान् राजुले बन्जी तिरको पार्ट हेर्छन् ।
राजुको परिवार उनीहरुलाई भेट्न कहिलेकाही आउँछन् । नियमित फोन हुन्छ । राजुको आमा फालोरेन्ससँग भन्नुहुन्छ । नेपालीसँग विवाह गर्दा कति समस्या आएका छन् । म त खुशी छु । यसो भन्दा फोलोरेन्स उत्साहित हुन्छिन् ।  अब फोलोरेन्सको सपना होलिडे मनाउन बाहिर जानेछ । उनी घुम्न बाहिर नगएको ६ वर्ष भइसक्यो । नेपालमा बस्न मन लाग्छ तर रिर्फेस हुन, नयाँ कुरा हेर्ने घुम्नुपर्ने उनले बताइन् ।

आफ्नो प्रेमको चिनो छोरीलाई जे मन लाग्छ गर्न दिने उनीहरुको योजना छ । कोही–कोहीले राजु र आफुलाई हेरेर कसरी लव गर्यौं भनेर भन्दा नरमाइलो लाग्ने गरेको उनले खुलाइन् । ‘मुख्य कुरा हामी नेपाली र फ्रेन्च भन्दा पनि हामी दूई जना मानव हुँ, कहिलेकाही नबुझी सोध्नुहुन्छ, पहिला आफुलाई बुझ्नुपर्छ ।’ उनले भनिन् । यस्तो प्रवृत्ति नेपाल र फ्रान्स दुवैतर्फ भएको उनले खुलाइन् ।

छोरी विरामी भएको बेला श्रीमानको बढी याद आउने उनलाई गर्छ । साथीसँग भेट्दा त्यस्तै हुन्छ । कहिलेकाही त श्रीमानलाई जिस्क्याउन मन लाग्छ । फोनमा कुरा हुन्छ । विहान, बेलुका फोन तथा मेसेन्जरमा कुरा गर्छन् । अफिसको काम हेर्ने र छोरीको रेखदेख फोलोरेन्सले हेर्छिन् । उनीहरुको सम्बन्ध सुमधुर छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button