पोखरामा ७ करोडको लागतमा खस आर्यको संग्राहलय निर्माण हुने

दीननाथ बराल, पोखरा न्यूज – ०१ ,फागुन ।  पोखरामा खस आर्य को संग्राहलय निमार्ण हुने भएको छ । क्षेत्री समाज नेपाल केन्द्रीय कार्यलय रहेको पोखराको नयाँबजारमा आगामी एक बर्ष भित्र खस आर्यको संग्राहलय निर्माण गरिने निर्माण समितिका अध्यक्ष प्रेम बहादुर जिसीले बताए ।

पहिलो चरणको निर्माणमा प्रदेश सरकारले सहयोग गरेको र बाँकी कार्यलाई आम क्षेत्री, स्थानीय निकायबाट सहयोग सङ्कलन गरी ७ करोडको लागतमा पूर्ण रुपमा संचालन गर्ने योजना रहेको उनले बताए । प्रकृति र संस्कृतिले धनि पोखरामा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पनि आफुहरुले खस आर्यको कला, संस्कृति, पुरातात्विक बस्तुहरुलाई देशैभरबाट संकलन गरी संग्रह गरिने भएको अध्यक्ष जिसीले जनाए ।

समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा.दिल बहादुर क्षेत्रीले समाजले सदैब सबै जातिको सम्मानका लागि आन्दोलन गरेकोले संग्राहलय तथा बहुउद्देश्यीय भवन निर्माणले थप टेवा पुग्ने बताए । केही समय पछि समाजले आव्हान गरी खस आर्यका ऐतिहासिक वस्तुहरु संकलन गर्ने भएको निर्माण अनुगमन समितिका संयोजक कृष्ण थापाले बताए ।

यसैबिच संग्राहलयको एक समारोहका बिच बिहीबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्गले शिलन्यास गर्दै नेपालको भौगोलिक अवस्था अनुसार जातजातीको धर्म, संस्कृति परम्परालाई आम नेपालीले सम्मान गनुपर्ने बताए । यसमा कुनै राजनितिक रुपमा नलिई आग्रह गर्दै मन्त्री गुरुङले संघीयतालाई मजबुत बनाउन तर्फ सवै लाग्न आग्रह गरे । आदीवासी भन्ने होडको अन्त्य गरी संघीयताको मर्म र भावना बुझ्न सबै जातीले जिम्मेवारी लिनुपर्ने उनले बताए ।

पूर्व मन्त्री एवं प्रदेश सासंद कुमार खड्काले जातिय सद्भावका लागि खस आर्य संग्राहलय महत्वपूर्ण हुने बताए । प्रदेश सांसद कृष्ण थापाले सबैले स्वीकार गर्ने सबैको सहभागीता रहने संग्राहलय निर्माणमा जोड दिनुपर्ने बताए । प्रदेश सांसद बिन्दु कुमार थापाले विकास निर्माणमा सबै पार्टी एक हुनुनै आजको आवश्यकता रहेको बताए । पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष रामराज लामिछानेले स्थानीय स्तरबाट संग्राहलय निर्माणमा सहयोग गर्ने बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button