भोली सरकार गठन भएको दुई वर्ष पुरा : आज प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् ।सरकारका दुई वर्षे कामकारवाहीबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।

आज दिउँसो २ बजे प्रतिनिधिसभाकोको बैठकमा प्रधानमन्त्रीले सार्वजनिक महत्त्वका विषयमा सम्बोधन गर्न लागेको संसद सचिवालयले जनाएको छ ।प्रधानमन्त्री ओलीले बैठकको सुरुमै संसद बैठकलाई सम्बोधन गर्नेछन् ।

सम्बोधनको क्रममा ओलीले सरकारका कामकारबाहीबारे जानकारी दिनुका साथै समसामयिक घटनाक्रमका विषयमा समेत बोल्ने उनको सचिवालयले जनाएको छ ।वर्तमान सरकार गठन भएको भोलि दुई वर्ष पूरा हुँदैछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button