चीनमा स्वास्थ्यकर्मी नै कोरोनाको चपेटामा : १७ सय संक्रमित, ६ को मृत्यु

पोखरा न्यूज – ०२ ,फागुन । कोभिड -१९ नामाकरण गरिएको कोरोना भाइरसबाट चीनमा १७ सय १६ जना स्वास्थ्यकर्मी नै संक्रमित भएका छन् भने ६ जनाको भाइरसबाट मृत्यु पनि भएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य नियोगका उपमन्त्री जेङ्ग यीछिनका अनुसार भाइरसबाट संक्रमित हुने स्वास्थ्यकर्मीको अवस्था अझै बढ्ने क्रममा छ । स्वास्थ्यकर्मीको ड्युटी अझै लम्बिरहेको अवस्थामा कामको तनाव तथा बिरामीसँग निरन्तर सम्पर्कले संक्रमण अझै बढ्न सक्ने अनुमान गरिएको हो । संक्रमित स्वास्थ्यकर्मीमध्ये ८७ प्रतिशत हुबेई प्रान्तबाट रहेका छन् ।

भाइरस फैलावटको केन्द्रविन्दु मानिएको हुबेई प्रान्तको उहान शहरका स्वास्थ्यकर्मी तथा अस्पतालका अधिकारीहरुले मास्कजस्ता सुरक्षाका उपकरणहरुको अभाव भएको निरन्तर गुनासो गरिरहेका छन् । भाइरसको पहिलो पटक चेतावनी दिने लि वेन्लियाङ्ग नामका एक डाक्टरको मृत्यु भए पछि सरकार विरोधी अभिव्यक्तिहरु सार्वजनिक भएका थिए ।

हालसम्मको आँकडा अनुसार भाइरसले १४ सयको ज्यान लिइसकेको छ भने ६० हजारजना संक्रमित भइसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button