सावित्राको उत्कृष्ट प्रदर्शनमा गोकुलम केरलालाई उपाधि

पोखरा न्यूज – ०२ ,फागुन । नेपाली महिला टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनसँगै गोकुलम केरलाले इन्डियन वुमन्स लिग (आइडब्लुएल)को उपाधि जित्न सफल भएको छ ।

आज भएको प्रतिस्पर्धात्मक फाइनलमा क्रिप्सा एफसीलाई ३-२ गोलअन्तरले पराजित गर्दै गोकुलमले उपाधि जितेको हो । निकै रोचक भएको फाइनलमा परमेश्वरी देवीको पहिलो मिनेटको गोल र कमला देवीको २५ औं मिनेटको गोलको मद्दतले गोकुलमले २ गोलको अग्रता लियो । खेलको ३३ औं मिनेटमा डाङ्ग्मेई ग्रेसले कृप्साका लागि गोल गर्दै खेल २-१ मा ल्याइन् ।

दोस्रो हाफमा क्रिप्साले शानदार पुनरागमन गर्दै खेल २-२ को बराबरीमा पुर्यायो । क्रिप्साकी रतनबाला देवीले ७२ औं मिनेटमा गोल गरेर खेल २-२ को बराबरीमा ल्याएपनि ८७ मिनेटमा मनिसा कल्याणको पासमा सावित्राले उत्कृष्ट गोल गर्दै गोकुलमलाई पुन अग्रता दिलाइन् ।

त्यस पछि भने खेलमा कुनै गोल हुन सकेन र गोकुलम केरलाले फाइनल खेल आफ्नो पक्षमा पार्दै वुमन्स लिगको उपाधि पनि जित्यो । प्रतियोगिता भरी नै उत्कृष्ट खेल प्रदर्शन गरेकी साम्बाले  ६ खेलमा  कुल १६ गोल गरिन् । साम्बाले यस अघिको संस्करण पनि सेथु एफसीबाट खेल्दै उपाधि चुमेकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button