पोखरा न्यूज । पोखरामा यौन दुर्व्यवहार गरेको अभियोगमा विद्यालयका प्रधानाध्यापक नै पक्राउ परेका छन् ।
पोखरा ११ फूलबारीस्थित भास्कर मेमोरियल स्कुलका प्रधानाध्यापक विश्व बास्तोला आफ्नै विद्यालयकी एक छात्रालाई यौन हिंसा गरेको अभियोगमा पक्राउ परेका हुन् ।
बास्तोला शुक्रवार दिउँसो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए । छात्राकी अभिभावकको जाहेरीको आधारमा बास्तोलालाई पक्राउ गरि कारवाही प्रक्रिया अघि बढाइएको प्रवक्ता केसीले पोखरा न्यूजलाई बताए । बास्तोलालाई यौन दुराचार अभियोगमा मुद्दा चलान गरिएको प्रहरीले जनाएको छ । जाहेरी दिने अभिभावक र छात्राको परिचय गोप्य राखिएको छ ।
यसअघि , अमरसिंह माविका एक शिक्षकलाई समेत विद्यालयकी छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो ।