अनाथालयमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु

पोखरा न्यूज – ०३ ,फागुन । हाइटीको एक अनाथालयमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु भएको छ ।

अमेरिकाको गैरनाफामुलक धार्मिक संस्थाले चलाएको चर्च अफ बाइबल अन्डरस्टान्डिङ्ग नामक अनाथालयमा आगलागी हुँदा ती बालबालिकाको मृत्यु भएको हो ।

घटनामा ६० बालबालिकाको सकुशल उद्धार गरिएको थियो । आगलागी पछि हाइटीका राष्ट्रपति जोभिनेल मोइसले ट्वीट गर्दै घटनाले आफूलाई दुखी तुल्याएको र घटनाको कारण पत्ता लगाउन लागिपर्ने बताएका छन् ।

आगलागीको कारण चर्चमा बालिएको मैनबत्ती हुन सक्ने बताइएको छ । अफ्रिकाको अति कम विकसित देश हाइटीमा कमजोर आर्थिक अवस्थाका कारण बुबाआमाले नै आफ्ना बालबालिकालाई यस्ता चिल्ड्रेन सेन्टर भनिने अनाथालयमा छोड्ने गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button