पोखरा म्याराथन : मुख्यमन्त्रीले दाैडिँदै भने ‘जीवनमै धेरै आज दाैडिएँ’

पोखरा न्यूज – ०३ ,फागुन ।  पोखरा म्याराथनको अवसरमा शनिबार हजारौं व्यक्ति पोखराको सडकमा उत्रिएका छन्।

भूतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा संचालन भएको म्याराथन सहितको विभिन्न दौड एवं रन फर फनमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश सांसद राजिव पहारी, दीपक कोइराला, मोहन रेग्मी, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी लगायतका व्यक्तिहरु दौडमा सहभागि भए ।

मुख्यमन्त्री गुरुङसहितको एक टोलीले ५ किलोमिटर सडक दौड पुरा गरेको छ । पोखरामा पर्यटन, खेलकुद प्रवर्द्धन गर्न दौड आवश्यक भएको मुख्यमन्त्री गुरुङले बताए । पोखरा पर्यटकीय र खेलकुदको राजधानी पोखरामा यस्ता खेलकुद गतिविधि आवश्यक भएको उनले बताए । मुख्यमन्त्री गुरुङले भने “ मेरो जिवनमै पहिलो पटक आज ५ किलोमिटर दौड पुरा गरे, यो मेरो लागि अहिलेसम्मकै बढी हो । ”

तस्बिरमा हेर्नुहोस् पोखरा म्याराथनका केही झलकहरु:- तस्बिर-दीननाथ बराल

 

 

 

 

 

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button