पोखरामा बिजुलिको पोलमा बस ठोक्किदा पैदलयात्री गम्भिर घाइते

पोखरा न्यूज – ०३ ,फागुन । पोखरा महानगरपालिका ९ नयाँबजारमा यात्रुवाहक बस बिजुलिको पोलमा ठोक्किएर बिजुलिको पोल ढल्दा एक जना गम्भिर घाइते भएका छन् । पोखरा ९ नयाँबजार प्रदर्शनी केन्द्र अगाडि बस बिजुलिको पोलमा ठोक्किदा एक पैदलयात्री  गम्भिर घाइते भएका हुन् ।

बिजुलिको पोल ढल्दा पैदल यात्री माछापुछ्रे गाउँपालिका २ भुजुङ खोला निवासी ४६ वर्षिया कृष्णकुमारी विश्वकर्मा गम्भिर घाइते भएको  गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । शनिबार बिहान  ना ४ ख ९३६६ नम्बरको बस बिजुलिको पोलमा ठोक्किएर पोल ढल्दा उनी घाइते भएकी हुन् ।

प्रहरीका अनुसार  घाइते विकको अवस्था गम्भिर छ । उनको  गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button