‘कमेडी सो’ बाहिर गोली चल्दा एकको मृत्यु, ४ घाइते

पोखरा न्यूज – ०३ ,फागुन । जर्मनीको राजधानी बर्लिनमा शुक्रबार राती अज्ञात व्यक्तिले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

बर्लिनको मध्य शहरमा रहेको टेम्पोड्रोम नामक कार्यक्रम स्थल बाहिर गोली चल्दा एक ४२ वर्षीय पुरुषको मृत्यु भएको जर्मनीका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

अन्य चार जना घाइते भएको घटनामा एक भन्दा बढी व्यक्तिले गोली चलाएको पनि जनाइएको छ । गोलीकाण्ड भइरहेको बेला प्रदर्शनी स्थल भित्र टर्किस कमेडी सो चलिरहेको थियो ।

गोलीप्रहार गरेपछि हमलाकारी घटनास्थलबाट भागेका थिए ।घटना आतंककारी हमला नभएको त्यहाँको सुरक्षा प्रवक्ताले दाबी गरे पनि हमलाको खास कारण पत्ता लागिनसकेको बताइएको छ । बर्लिनलाई युरोपेली राजधानीहरु मध्ये सर्वाधिक हत्यादर भएको शहर मानिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button