भारतीय कार दुर्घटना हुँदा एकको मृत्यु, ७ घाइते

पोखरा न्यूज – ०३ ,फागुन ।  पश्चिम नवलपरासीको सुनवल नगरपालिका–३ मा आज भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनवलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय कार अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको हो । मृत्यु हुनेमा कारमा सवार बारा जिल्लाको दक्षिण झिटक्या गाउँपालिका–२ का ५५ वर्षीय रियाजुल मिया रहेका छन् ।

उनको बुटवलस्थित जेनस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घाइते सात जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने कार प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रनाउ थापाले बताए । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button