मदिरा पार्टी हैन गुरुङ संस्कार अनुसारको भेटघाट हो – मुख्यमन्त्री सचिवालय

पोखरा न्यूज – ०४, फागुन । गण्डकी प्रदेश मुख्यमन्त्री सचिवालयले शुक्रवार मुख्यमन्त्रीको सरकारी निवासमा मदिरा पार्टी नभई गुरुङ संस्कार अनुसारको भेटघाट कार्यक्रम भएको जनाएको छ ।

आइतबार एक विज्ञप्ती जारी गर्दै सचिवालयले गुरुङ जातिको संस्कार अनुसार निवासमा पारिवारिक जमघट भएको  भन्दै सामाजिक संजालमा  अतिरञ्जित गर्न खोजिए जस्तो मर्यादा विपरितको कुनैपनि कार्य नभएको स्पस्ट पारेको हो  ।

निवासमा भएको पारिवारिक जमघटलाई सरकारी कार्यकक्षमै मदिरा पिएको भन्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भएको भिडियो, फोटो र समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको मुख्यमन्त्रीका निजी सचिव डिल्लीराम सिग्देलले आइतबार जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘फागुन २ गते माननीय मुख्यमन्त्रीज्यूको जेठानको परिवार बेलायतबाट आउनु भएको सन्दर्भमा पाहुनालाई खानाको प्रबन्ध गरिएको हो, माननीय मुख्यमन्त्रीज्यूको जन्म दिन समेत रहेकोले निवासमा साँझ पारिवारिक जमघट गरिएको थियो।’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो सरकारी निवासमा मदिराको बोत्तल बोकेको फोटो र भिडियो सामाजिक सञ्जालमा लिक भएपछि सरकारी ओहदाको दुरुपयोग गरेको आरोप लगाउदै उनको चर्को आलोचना भइरहेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button