युकेमा डेनिस आँधीको वितण्डा, २ सय ५० ठाउँमा बाढीको चेतावनी

पोखरा न्यूज – ०४ , फागुन ।  संयुक्त अधिराज्यमा डेनिस आँधीले भारी वर्षा र हुरी ल्याउँदा २ सय ५० भन्दा बढी ठाउँमा बाढीको चेतावनी जारी गरिएको छ ।

आइतबार ब्रिटेनको राष्ट्रिय मौसम सेवाले इङ्गल्याण्ड, स्कटल्याण्ड र वेल्सका विभिन्न २ सय ५० ठाउँका लागि चेतावनी जारी गरेको हो । उत्तरी एटलाण्टिक समुन्द्रमा ठुला ठुला समुद्री छालहरु आउँदा तटीय क्षेत्रमा जोखिम बढेको छ भने शनिबार दुई जनाको शवसमेत फेला परेको जनाइएको छ । त्यस्तै दक्षिणी वेल्समा पनि बाढीको चेतावनी दिइएको छ भने ट्याफ नदीले पोन्टीपुल शहरको तटबन्ध भत्काएको छ ।

वेल्समा पछिल्लो २४ घण्टामा १ सय ५ मिलिमिटर अर्थात ४.१ इन्च वर्षा भएको जनाइएको छ । त्यस्तै वेल्सको तटीय गाउँल एबर्डेरोनलाइ १ सय ४६ किलोमिटर प्रतिघन्टामा आएको आँधीले तहसनहस पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आँधीका कारण ४ सय भन्दा बढी हवाई उडान रद्द गरिएको छ भने बाढीले रेल सेवा पनि अवरुद्ध पारेको जनाइएको छ ।

आँधीसँगै आइतबार मध्यान्हसम्म रातो मौसम चेतावनी संकेत पनि जारी गरिएको छ । बेलायतमा अघिल्लो साता मात्रै कियारा नामक आँधीले तहल्का मच्चाएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button