नाट्टा गण्डकी प्रदेश अध्यक्षमा सिग्देल

दीननाथ बराल, पोखरा न्यूज – ०४ , फागुन । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ड (नाट्टा) गण्डकी प्रदेशको नयाँ नेतृत्व चयन भएको छ । शनिबार पोखरामा सम्पन्न भएको नाट्टाको ११ औं अधिवेशनले संजयकान्त सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

सिग्देलले आफ्ना निकटतम प्रतिद्धन्दी झवि अधिकारीलाई २० मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । सिग्देलले ९० मत ल्याउदा अधिकारीले भने ७० मत प्राप्त गरेका थिए । आफ्नो प्यानलको अधिकांश पदाधिकारी सहितको सदस्य निर्वाचित भएकोमा खुसि व्यक्त गर्दै सिग्देलले निर्वाचित भएपछि अब सबैलाई समेटेर र सबैलाइ मिलाएर सिंगो टिम भएर व्यवसायीक हक हितमा लाग्ने जनाए ।

त्यसैगरी प्रथम उपाध्यक्षमा हरिराम अधिकारी, द्वितीय उपाध्यक्षमा किशोर दाहाल महासचिवमा कमला गिरी, सचिवमा संगीता पौडेल, कोषाध्यक्षमा राजेश पहारी निर्वाचित भएकी हुन। अध्यक्षका प्रत्यासि अधिकारीको प्यानलबाट सह-कोषाध्यक्ष नवराज भण्डारी र दुई सदस्य खेम बहादुर नेपाली र शुसिला सिग्देल मात्र निर्वाचित हुन सफल भए भने अन्य सबै सिग्देल प्यानलबाट विजयी भएका हुन् ।

अन्य सदस्यहरुमा शुभास पहारी, तारा गौतम र सन्दिप श्रेष्ठ निर्वाचित भएका हुन्। समितिमा २ जना सदस्यलाई अध्यक्षले मनोनित गर्ने भएका छन्। नाट्टामा १ सय ८१ जना सदस्य रहेको निवर्तमान अध्यक्ष सन्तोस पोख्रेलले बताए ।  नाट्टाको इतिहासमै पहिलो पटक दुई प्यानल बनाई निर्वाचनको लागि केही दिन अघि देखि घर दैलो कार्यक्रममा अधिकारी र सिग्देल प्यानल जुटेको थियो । सिग्देलले आफ्नो प्यानललाई समावेशी प्यानलको घोषणा गरेका थिए भने अधिकारीले संस्थामा आफु ३ दशक लामो समयसम्म लागेको हिसाबले अध्यक्षको दाबी गर्दै आएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button