कुवेतमा पुरिएर मृत्यु भएका नेपालीको सनाखत

पोखरा न्यूज – ०४ , फागुन ।  कुवेतमा कन्स्ट्रक्सन साइटमा काम गर्दै गर्दा पुरिएर मृत्यु भएका सबै नेपालीको सनाखत भएको छ ।

गत बुधबार अल मुत्ला क्षेत्रको एक चिनियाँ कम्पनीमा कार्यारत कामदारहरु माथिबाट खसेको बालुवा र ग्राभेलले पुरिँदा ६ नेपालीको मृत्यु भएको थियो ।

घटनामा मृत्यु हुनेमा दाङका श्यामनारायण चौधरी, सिरहाका गङ्गाराम चौधरी, पाल्पाका एकबहादुर गाहा, ताप्लेजुङका वसन्त गुरुङ, नवलपरासीका पुर्णबहादुर मगर र रोल्पाका राजु रोका मगर रहेको कुवेतस्थित नेपाल राजदुतावासले जनाएको छ ।

घटनामा अन्य दुई नेपाली घाइते भएका थिए । घाइते हुनेमा धर्मेन्द्र कुमार शाह र मनोरथ मण्डल रहेको पनि जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button