गृहजिल्ला पुगेर ओलीले भने : सरकार ढाल्ने षडयन्त्र भइरहेको छ

काठमाडौं : लामो समयको अन्तरालपछि गृह जिल्ला झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने षडयन्त्र भइरहेको बताएका छन। आइतबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले अहिलेको सरकारले गरेको विकासको रफ्तार रोक्न बहुमतको सरकारलाई पनि ढाल्ने षडयन्त्र भइरहेको दाबी गरे।
‘मुलुक विकासको रफ्तारलाई रोक्न सरकार ढाल्ने क्रियाकलाप जारी रहेको छ’ ओलीले भने। ओली नेतृत्वको सरकार गठन भएको शनिबार दुई वर्ष पुरा भएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button