पूर्वसभामुख महरा सोमबार घर जालान् कि जेल नै ?

काठमाडौं  : जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दामा पुपक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा अदालतले सोमबार मात्र फैसला गर्ने भएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासमा महराको मुद्दाको सुनुवाइ सकिएको छ। दुबै पक्षका वकिलहरुको बहस सकिएपनि अन्तिम सुनुवाईको लागि पयाप्त समय नपुगेपछि फैसला सोमबार मात्रै हुने भएको हो।
उक्त फैसला पछि महरा घर जाने या जेल जाने टुंगो लाग्नेछ।
महराविरुद्ध करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग गर्दै अभियोगपत्र दायर गरिएको थियो।
आइतबार अदालतमा महराको तर्फबाट आठ वकिलले बहस गरेका थिए। अधिवक्ता भीमार्जुन आचार्य, शेरबहादुर केसी, रमन श्रेष्ठ, लव मैलानी, मुरारी सापकोटा लगायतले महराको तर्फबाट बहस गरेका हुन्।

माघ २६ गते अन्तिम सुनुवाई भएको मुद्दा ‘हेर्दा हेर्दैमा’ राखेर आइतबार फेरि सुनुवाइ सुरु भएको हो। सरकारी वकिलको बहस यसअघि नै सकिएको थियो।
गत असोज १२ गतेर संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले आफूमाथि जबर्जस्ती करणी प्रयास गरेको बताएकी थिइन्। असोज १४ मा महराले सभामुख पदबाट राजीनामा दिएका थिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button