सिक्ने थलो बन्यो बृहत विज्ञान प्रर्दशनी

राजाराम पौडेल, पोखरा न्यूज – ०५ ,फागुन ।  पोखरामा बृहत् विज्ञान प्रदर्शनीसिक्ने थलो बन्यो बृहत विज्ञान प्रर्दशनी सम्पन्न भएको छ । नेपालमै पहिलोपटक पोखराबाट सुरु गरिएको बृहत विज्ञान प्रदर्शनीमा बाल कक्षादेखी कक्षा १२ सम्मका विद्यार्थी विद्यार्थी तथा तीनका अभिभावकहरुले अवलोकन गरेको आयोजक संस्थाका कार्यकारी निर्देशक प्रतिक्षा थापाले बताइन् । प्रर्दशनीमा विद्यालयहरुबाट प्रि–बुकिङ मार्फत अवलोकनको व्यवस्था समेत मिलाइएको थियो । प्रर्दशनीमा कास्की सहित, छिमेकी जिल्लाका विद्यार्थी समेत पुगेको कार्यक्रम संयोजक इरज श्रेष्ठले जनाए ।

सिमुलेसन साइन्स सेन्टर, ललितपुरको आयोजनामा भएको १५ दिने प्रदर्शनीमा रोबटिक्स, भीआर शिक्षा प्रणाली, पाठ्यक्रममा आधारित भौतिक विज्ञान, जीव विज्ञान, तारामण्डल, विद्युतीय इञ्जिनियरिङ, स्टिम शिक्षा प्रणाली तथा कक्षागत पाठ्यक्रममा समावेश विषयवस्तु तथा मनोरञ्जनात्मक सामग्री राखिएको थियो । प्रर्दशनीमा समावेश पाठ्य सामाग्री बाहेक रोर्वट, भि–आर सिमुलेटर तथा घुम्ने पृथ्वीप्रति आम सर्वसाधरणको रुची देखियो ।

प्रर्दशनीमा विज्ञानका विभिन्न आविष्कार आर्कषक ढंगले मिलाएर राखिएको थियो । विद्यालयमा अध्ययन गरेका अधिकांश विषयमा आधारित सामाग्री प्रर्दशनीमा राखिएको कारण उनीहरुले रुचिपूर्वक अवलोकन गरे । विद्यार्थीलाई अलमलमा पर्दा शिक्षकहरुले समेत उनीहरुलाई सघाए । यसका अलावा उनीहरुलाई बुझाउन आयोजकले भोलियन्टरको पनि व्यवस्था गरेको थियो ।

विद्यार्थीले विद्यालयमा सिकेको सैद्धान्तिक कुरा व्यवहारमा उतार्न लगाई त्यस्तो ज्ञान हस्तान्तरणका लागि बृहत शैक्षिक प्रर्दशनीको आयोजना गरिएको आयोजक संस्थाका सिइयो प्रतिक्षा थापाले बताइन् ।

सिमुलेशन साइन्स सेन्टरको मुख्य कार्यालय भैसेपाटीमा रहेको छ । सोही संस्थालेनै पोखरामा प्रर्दशनीको आयोजना गरेको हो । संस्थाले नेपालभरीनै प्रर्दशनी गर्ने योजना बनाएको छ । संस्थाले प्रर्दशनी गर्नु अगाडि एउटा सर्भे गरेको थियो । सो सर्भे गर्दा पोखराबाट सहभागीता धेरै भएकोले पोखरा पहिलो छनोटमा परेको सिइयो थापाले खुलाइन् ।

सिमुलेशन साइन्स सेन्टर अन्तराष्ट्रिय स्तरको साइन्स सेन्टर हो । पहिलोपटक नेपालमा यस्तो कार्य आफुहरुले गर्ने प्रयत्न गरिरहेका आयोजकको दावी छ । यो साइन्स सेन्टरको मोटिभेसन फर्मेटमा सुरु भएको प्रर्दशनी थियोे । सेन्टरले बढ्दो साइन्स टेक्नोलोजीको अभिरुचिलाई ध्यानमा राख्दै काम गरिरहेको छ ।

प्रर्दशनीको मुख्य आर्कषण अन्तराष्ट्रिय एआई रोर्बटमा देखियो । हुनत विद्यार्थीले प्रोजेक्ट वर्कमा विभिन्न रोर्बट बनाएका हुन्छन् । तर ती रोर्बट भन्दा यो फरक थियो । यो आर्टिफिसियल इन्टेलिजयन्ट रोर्बट हो । यसमा हाइयर प्रोग्रामिङ, कोडिङ थियो । जसका कारण रुचिकर बन्यो । एआई रोर्वट र हामिले बनाउने रोर्बट कसरी फरक छ भन्ने कुरा पुष्टि गर्न आयोजकले विद्यार्थीलाई देखाए । यसले गरेको कार्य विद्यार्थीको लागि रोचकताको विषयवस्तु बन्यो । यो रोर्बटको नाम ‘नानो रोर्बट’ हो । एआई रोर्बट । फ्रान्सबाट मगाएको रोर्बट हो । यो विश्वको टप १० रोर्बट भित्र पर्दछ । शैक्षिक तथा रिर्सचमा प्रयोग हुने रोर्बट हो । स्कुलमा बन्ने रोर्बट बोल्दैन । यसमा मानवलाई हेरेर मानवको कपी गरिएको रोर्बट हो । सेन्सर, सर्वोमेकानिजिम, प्रोगामीङ हुन्छ ।

यो सँगै ८ वटा विदेशबाट ल्याइएको रोर्बट प्रर्दशनीमा राखिएको थियो । जुन फरक–फरक शैली र प्रविधिका थिए । सिमुवोट नामको रोर्बट तर्फ पनि आर्कषण देखियो । थ्रि डि प्रिन्टरले आफैले प्रिन्ट गरेर हरेक पार्ट तयार गरेर देखाउने काम यसले गर्छ ।

तहाँ राखिएको प्लाज्मा बल, फोर्थ स्टेज अफ म्याटर बारेको जानकारी, सेन्सरको कारणले पानीको फोहोरा माथी उछाल्ने, वाटर जेनेटर, इलेक्टिङ ट्रेन, वाटर साइकल, ह्युमन आई मोडल, वायोलिजिका सामाग्री सहित स्कुलको पाठ्यक्रमलाई सहयोग गर्ने विभिन्न सामाग्री विद्यार्थीको लागि उपयोगी थिए ।

प्रर्दशनीमा राखिएका रोर्बट, केबलकार, लिफ्ट आदीको प्रयोगात्मक जानकारीको लागि प्रर्दशन उपयुक्त थलो बनेको काठमाण्डौ युनिभर्सिटीमा अध्ययनरत अनफ कटुवालले बताए । रोवेटिक ह्यान्ड, लिफ्ट, अल्टिमेट रोर्बट, करेन्टसँग सम्बन्धी जानकारी उनले विद्यार्थीलाई दिएका थिए ।

टेक्नोलोजीमा एक्सपोजर नहूँदा समस्यामा परेका विद्यार्थीले आफुलाई अपडेट गर्ने मौका तहाँ पाए । तहाँ पुगेका विद्यार्थी विकास गुरुङ प्रोगाम भनेको के हो, कस्तो हो, बेसिकमा यस्तो छ, एडभान्स यस्तो आइसकेको छ भन्ने थाहा पाउँदा उत्साहित बनेको बताए । यस्ता प्रर्दशनीले थेउरी मात्र पढेर हुँदैन प्राक्टिकल रुपमा जानकारी लिनुपर्छ भन्नेमा उत्पेरित गर्ने अवलोकर्ताको प्रतिक्रिया थियो । अलमलिएका अवलोकनकर्तालाई हरेक ठाउँमा भोलियन्टर मार्फत जानकारी दिँदा उनीहरु सन्तुष्ट थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button