उपसभामुख पदबाट राजिनामा दिएकी शिवमाया कानुन मन्त्री

पोखरा न्यूज – ०५ ,फागुन । उपसभामुख पदबाट राजिनामा दिएकी शिवमाया तुम्बाहाङफे कानुन मन्त्री हुने भएकी छन्। उनले आजै साँढे तीन बजे सपथ ग्रहण लिनेछिन्।

उपसभामुखबाट राजीनामा दिएर अग्निप्रसाद सापकोटालाई सभामुख हुने बाटो खोली दिएकी शिवामाया तुम्वाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीको सपथ ग्रहण गराउने छन्।

गत पुसमा तत्कालीन उपप्रधानमन्त्री एवम् कानुन मन्त्री उपेन्द्र यादवले राजीनामा दिएपछि कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई दिइएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button