अमेरिकन आइडलको शीर्ष २० मा नेपाली गायक

पोखरा न्यूज – ०५ ,फागुन ।  नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं सिजनमा शीर्ष २० स्थानमा पुगेका छन् ।

आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रशारण भएको पहिलो शृङ्खलाबाट उनी छानिएका हुन् । शीर्ष २० भित्र अटाएका २० वर्षीय पोखरेल विगत ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् ।

काठमाडौंमा जन्मेका दिवेशले कर्णाली, प्रलय बीजस्ता गीत बजारमा ल्याइसकेका छन् । अमेरिकी आइडलका निर्णायक लुक ब्रायनले अडिसनमा दिवेशलाई ठूलो स्टार हुन सक्ने भन्दै चर्चासमेत गरेका छन् । १८ औं शृङखलाको निर्णायकमा ब्रायनसँगै केटी पेरी र लियोनेल रिची रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button